काम नगर्ने चिनियाँ ठेकेदार कम्पनीको जमानत जफत गर्दै ठेक्का रद्द

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
विभिन्न बाहना बनाउँदै सम्झौताअनुसार काम नगर्ने चिनियाँ ठेकेदार कम्पनीको जमानत र बैंक ग्यारेन्टी जफत गर्दै नेपाल विद्युत प्राधिकरणले ठेक्का रद्द गरेको छ ।

प्राधिकरणले तामाकोसी–काठमाडौं ४ सय केभी प्रसारणलाइन आयोजनाअन्तर्गतको पहिलो खण्डको ठेक्का पाएको चिनियाँ कम्पनी ग्वाङसी ट्रान्समिसन एन्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्स (ज्वाइन्ट भेन्चर) सँगको ठेक्का सम्झौता तोडेको होे ।

तामाकोसी–काठमाडौं प्रसारणलाइनअन्तर्गतको न्यँ खिम्ती–बाह्रबिसे खण्डको ठेक्काका निम्ति कम्पनीले राखेको ठेक्का रकमको १० प्रतिशत अर्थात १४ लाख ५४ हजार डलर तथा ६ करोड १६ लाख ७४ हजार रुपियाँ कार्यसम्पादन जमानत र ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपियाँ बैंक ग्यारेन्टी जफत गरिएको आयोजना प्रमुख नवराज ओझाले जानकारी दिनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रणनीतिक महŒवको प्रसारणलाइनको कामलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन दिनुभएको थियो । तर, कम्पनीले प्रारम्भिक काम नै नगरी विभिन्न बाहना बनाएर आयोजना लम्ब्याउन खोजेपछि सम्झौता अवधि बाँकी रहँदै ठेक्का तोडिएको छ ।

कम्पनीले सम्झौतामा समय तालिकासहित उल्लेख भएका टावरको डिजाइन, ड्रोइङ, जग हाल्ने तथा जडान गर्ने, कन्टक्टर, इन्सुलेटर जस्ता उपकरणको उत्पादन, आपँर्ति तथा जडान गर्नेलगायतका काम गरेको थिएन ।

‘ठेक्का सम्झौता भएको ७४ प्रतिशत समय सकिंँदा करिब ८ प्रतिशतमात्रै भौतिक प्रगति गरेको, काम गर्न पटक–पटक दिइएको निर्देशन अटेर गरेकाले रणनीतिक महŒवको प्रसारणलाइन निर्माण अलपत्र पर्न नदिन ठेक्का टोडेका हौं, ओझाले भन्नुभयो–‘काम गर्न पटक–पटक गरिएको ताकेताका साथै चेतावनी दिंँदा ठेक्का सम्झौतामा उल्लेख गरिएको समय तालिका परिवर्तन गर्नेमै कम्पनी लागिरह्यो, काम नगर्ने बहाना बनाएर ठेक्का ओगटी राख्ने मात्रै कम्पनीको नियत देखियो ।’

कम्पनीले प्राधिकरणसँग २०७३ असोज ११ ठेक्का सम्झौता भएको उक्त आयोजना २०७६ जेठ १२ गते निर्माण सम्पन्न गर्ने गरी १ करोड ४५ लाख ४३ हजार अमेरिकी डलर र ६१ करोड ६७ लाख ३६ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रणनीतिक महत्वको प्रसारण लाइनको कामलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन दिनुभएको थियो । तर, कम्पनीले प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको छ ।

नेपाल सरकार र एसियाली विकास बैकको सहुलितपँर्ण ऋणमा निर्माण गर्न लागिएको आयोजनाको ठेक्का तोडी नयाँ ठेकेदार छनोटका लागि ठेण्डर आह्वान भइसकेको आयोजना प्रमुख ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार, आगामी मे महिनाभित्र ठेक्का सम्झौता गर्ने र सम्झौता भएको ८ सय २० दिनभित्र निर्माण सक्ने लक्ष्यका साथ काम अगाडि बढाइएको जानकारी दिनुभयो ।

रामेछापको खिम्तीमा बन्न लागेको सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको ४ सय केभी डबल सर्किट प्रसारणलाइनको लम्बाई ४४ किलोमिटर छ । बाह्रबिसे–काठमाडौं खण्डको ठेक्का भने लार्सन एन्ड टर्वो कम्पनीले ठेक्का पाएको छ ।

खिम्ती र तामाकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तामाकोसी–काठमाडौ उच्च क्षमताको प्रसारणलाइन बनाउन गर्न लागिएको हो ।

उता सिन्धुपाल्चोको बाह्रबिसेमा २२०÷१३२ केभी सबस्टेसन बनाउने ठेक्का पनि सोही कम्पनीले पाएको छ । सो सबस्टेसनको काम पनि सन्तोषजनक छैन । जति तोकता गर्दा पनि सम्झौताको तालिका अनुसार अहिलेसम्म मुख्य काम नै नगरेको आयोजना प्रमुख ओझाले बताउनुभयो ।

प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि २५ डिसेम्बर २०१७ मा ८७ लाख ९३ हजार डलर र ३१ करोड ५४ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । निर्माणको काम २४ फेब्रुअरी २०२० मा सक्ने गरी ठेक्का सम्झौता भएको हो ।