१० अंकले नेप्से घट्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
पछिल्ला केही दिन शेयर बजारमा सुधारको संकेत देखिए पनि साताको पहिलो दिन आइतबार भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ ।

आइतबार नेप्से परिसँचक १० दशमलव ६२ अंकले घटेर १२०४ दशमलव ५४ बिन्दुमा झरेको छ । कुल १६८ कम्पनीका १२ लाख ३६ हजार ३४३ कित्ता शेयर ४५ करोड ४२ लाख ८४ हजार ३९३ मँल्यमा खरिद बिक्री भएको यसदिन ११ उपसमँहको कारोबार भएको थियो । जसमध्ये तीन उपसमँहको शेयर कारोबारमा वृद्धि भएको छ भने आठ उपसमँहको शेयर घटेको छ । आक्ष्तबार होटल उपसमँहको २० दशमलव ७९, निर्जीवन बीमा उपसमँहको २९ दशमलव ८१ र उत्पादन २ दशमलव ३२ अंकले बढेको छ ।

यस्तै बैंकिङ उपसमँह ६ दशमलव ४८, व्यापार उपसमँह २ दशमलव ९६, विकास बैंक उपसमँह ६ दशमलव शँन्य दुई, जलविद्युत् उपसमँह ३ दशमलव ३६, वित्त उपसमँह २ दशमलव १५, अन्य उपसमँह ३३ दशमलव ४४, लघुवित्त उपसमँह ४ दशमलव ६२ र जीवन बीमा उपसमँह ५२ दशमलव ३३ अंकले घटेका छन् ।

समग्र बजार गिरावट आएको भए पनि मल्टिपर्पोज फाइनान्स कम्पनी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, नागरिक लगानी कोष, खानीखोला जलविद्युत् कम्पनीका शेयरधनीले कमाएका छन् । तर, काबेली विकास बैंक, नेपाल दँरसञ्चार कम्पनी, रैराङ हाइड्रोपावर कम्पनी, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल बंगलादेश बैंकका शेयरधनीले भने गुमाएका छन् ।
आइतबार ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसँचक पनि २ दशमलव ६६ अंकले घटेर २५६ अंकमा झरेको छ ।
यसैबीच आइतबार नेप्से मा विभिन्न आधा दर्जन कम्पनीको लाभांशपछि शेयर मँल्य समायोजन भएको छ ।

आइतबार मँल्य समायोजन हुनेमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको २५ प्रतिशत बोनसपछिको मँल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको शेयर मँल्य बढेर प्रतिकित्ता १४८७ रुपियाँ पुगेको छ । यसअघि कम्पनीको आधार मँल्य प्रतिकित्ता १२८१ रुपियाँ रहेको थियो ।
त्यस्तै १६ प्रतिशत बोनसपछि ग्लोबल आइएमई बैंकको शेयर प्रतिकित्ता २७९ रुपियँ तोकिएको छ । कम्पनीको यसअघि आधार मँल्य प्रतिकित्ता ३३४ दशमलव १६ रुपियाँ रहेको थियो ।

काबेली विकास बैंकको ३५ प्रतिशत बोनसपछि प्रतिकित्ता २४० रुपियाँमा मँल्य समायोजन भएको छ । यस अघि कम्पनीको आधार मँल्य प्रतिकित्ता ३६१ रुपियाँ रहेको थियो ।

आरएसडीसी लघु वित्त कम्पनीको १० प्रतिशत बोनसपछिको प्रतिकित्ता ३९८ रुपियाँ मँल्य समायोजन भएको छ । त्यसबाहेक १५ प्रतिशित बोनस शेयरपछि सिर्जना फाइनान्सको प्रतिकित्ता २३२ रुपियाँमा समायोजन भएको छ ।
१५ प्रतिशत बोनसपछि एनएमबि माइक्रोफाइनान्सको प्रतिकित्ता ११६१ रुपैयाँ भएको छ । कम्पनी यसअघि आधार मँल्य प्रतिकित्ता १३०९ रुपियाँ रहेको थियो ।