ट्राभल्स एन्ड टूर्स अपरेटर्सहरुको नयाँ नेतृत्व चयन

0
Shares

काठमाडौं, (नेस)
सोसाइटी अफ ट्राभल्स एन्ड टँर्स अपरेटर्स नेपाल (सोट्टो नेपाल) को नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । सोट्टोको ११औं वार्षिक साधारणसभाले मधुसँदन उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा नारायण पराजुली, द्वितीय उपाध्यक्षमा मानबहादुर शाही, महासचिवमा भुवनबहादुर पाण्डे, सचिवमा दिनेश अर्याल, कोषाध्यक्षमा देवराज खनाल र सहकोषाध्यक्षमा भुवनदेवी महर्जन चयन भएका छन् ।

यस्तै सदस्यहरुमा इन्दिरादेवी गौतम, सविन खड्का, कमलबहादुर मगर, गंगाप्रसाद गिरी(सागर), आनन्दकुमार क्षेत्री (विश्वास), रामस्वरुप महासेठ र कमल जिसी चयन भएका छन् ।