चिरञ्जीवी मास्के, दोलखा
चिनसंग सिमाना जोडिएको तातोपानी नाका आगामी २०७६ बैशाखबाट सुचारु गर्ने तयारी चिन सरकारले गरेपछि नेपाल पट्टीको सडक मर्मत तथा पहिरो रोकथामको कामले तिब्रता पाएको छ ।
२०७२ सालको विनाशकारी भुकम्पले क्षति पु¥याएको अरनिको हाईवय अन्र्तगत दोलालघाट देखि कोदारीसम्मको ५९ किलोमीटर सडकको बिभिन्न खण्डमा मर्मत तथा पहिरो रोकथामको काम सुरु गर्न तीन पिस ठेक्काको टेन्डर खुलेको र एक महिना भित्र ठेक्का सम्झौता भै काम सुरु हुने सडक डिभिजन कार्यालय दोलखाका प्रमुख धमेन्द्रकुमार झाले बताए ।
२०७१ सालको जुरेको पहिरो र २०७२ सालको विनाशकारी भुकम्प पछि अरनिको हाईवयको जुरे, कोठे, बलेफि, जम्बु, सकुवा, डाक्लाङ लगाएतको सडक खण्डमा पहिरो तथा बाढीले क्षति पु¥याएको थियो । विनाशकारी भुकम्पको कारण नेपाल पट्टी सिन्धुपाल्चोकको बाह्रविसे, तातोपानी लगाएतको क्षेत्र र चिनको लिपिङ, खासा मा समेत ठूलो क्षति पुगेपछि तातोपानी नाका बन्द भएको थियो ।
प्रधानमन्त्री केपी ओलीको चिन भ्रमणको क्रममा तातोपानी नाका चाँडो सुचारु गर्ने सहमति भएपछि चिन सरकारले मितेरी पुल निर्माण तथा सडक मर्मतको काम समेत सुरु गरेको थियो ।
अरनिको हाईवय अन्र्तगत दोलालघाट देखि कोदारीसम्म पहिरो रोकथामको लागि १२÷१२ करोडको तीन पिस ठेक्काको टेन्डर खुलेको र एक महिना भित्र ठेक्का सम्झौता भै काम सुरु हुने सडक डिभिजन कार्यालय दोलखाका प्रमुख डिभिजन इन्जिनियर झाले बताए ।
ठेक्का सम्झौता पछि माघबाट काम सुरु हुने र तीन महिना भित्र काम सकिसक्नु पर्ने डिभिजन इन्जिनियर झाले बताए । काम सुरु भएको पहिलो महिना ४० प्रतिशत काम सक्नुपर्ने र बाँकी काम अर्को दुई महिना भित्र सक्नुपर्ने झाको भनाई छ । यो ठेक्कामा म्याद थप नहुने पनि डिभिजन इन्जिनियर झाले बताए ।
अहिले पनि फुलपिङकट्टी (लार्चा) खोलामा बेलिब्रिच पुल राखेर सडक सुचारु भै रहेको र तीन महिना भित्र पहिरो रोकथाम लगाएतको काम सकिने भएकोले २०७६ बैशाख देखि तातोपानी नाका खुला हुदा नेपाल पट्टीको सडकले कुनै समस्या नहुने सडक डिभिजन कार्यालय दोलखाका इन्जिनियर सञ्जय पन्थिले बताए ।
बाह्रविसे कोदारी २५ किलोमीटर सडक मध्य लार्चा देखि कोदारीसम्मको सडक मर्मत लगाएतको काम भने चिन सरकारलेनै गरिरहेको इन्जिनियर पन्थिले बताए । १४ अरबको लागतमा धुलिखेल देखि कोदारीसम्मको सडक विस्तारको काम पनि चिन सरकारलेनै गर्ने समझदारी भएको तर काम कहिलेदेखि सुरु हुने भन्ने जानकारी नआएको सडक डिभिजन कार्यालय दोलखाले जनाएको छ ।











प्रतिक्रिया