चोरी सिकारीको खबर दिनेलाई २ हजार पुरस्कार

0
Shares

सीताराम चौधरी, कपिलवस्तु
बन्यजन्तु चोरी सिकारी गरेको खबर दिनेलाई २ हजार सम्म पुरस्कार दिने डिभिजन वन (गौतमबुद्ध) चन्द्रौटाका डिभिजन प्रमुख दुर्गाबहादुर कार्कीले बताउनुभएको छ ।

वन संरक्षण तथा व्यवस्थापन सम्बन्धी संचारकर्मीहरुसँगको अन्तरक्रियामा डिभिजन वन प्रमुख कार्कीले यस्तो बताउनुभएको हो । केही समयअघि संचारमाध्यममा शिवराज नगरपालिका ३, भितरियास्थित जंगलमा बन्यजन्तु सिकारका लागि थापिएको धरापमा परी चरिचरणका लागि गएको पशु घाइते भएको खबरपछि चोरी सिकारीका गतिविधि रोक्न यस्तो अभियान चालेको डिभिजन प्रमुख कार्कीले उद्घोष गर्नुभयो ।

अन्तरक्रियाका क्रममा वनजंगलको संरक्षण र व्यवस्थापनमा संचारमाध्यमको अहम भूमिका रहेको उल्लेख गर्दै अबका दिनमा संचारमाध्यमसँगको सहकार्यलाई तिब्रता दिने उहाँले प्रतिक्रिया दिनुभयो । कार्यक्रममा उनले डिभिजन वन कार्यालयका प्रमुख कार्कीले विभिन्न योजना सार्वजनिक गर्दै समुदाय र संचारविना कार्यक्रमलाई प्रभावकारी नहुने विश्वास व्यक्त गर्नुभयो ।

डिभिजन वन अधिकृत कार्कीले यसबर्ष हरियाली प्रवद्र्धन महाअभियान अन्तर्गत निजी नर्सरी स्थापना गरी वितरण गर्ने, पर्यापर्यटन प्रवद्र्धन, उद्यमशिलताका लागि उद्योग स्थापना, शिवगढी धार्मिक वन संरक्षण गुरु योजना, अतिक्रमण रोकथाम तथा वृक्षारोपण लगायतका कार्यक्रम रहेको जानकारी गराउनुभएको थियो ।

डिभिजन वन कार्यालयका प्रमुख कार्कीले चन्द्रौटामा केही समयअघि मात्र डिभिजन स्थापना भएका कारण भौतिक संरचना र कर्मचारी अभाव रहेको वताउनुभयो । यस डिभिजन अन्तर्गत ५० वटा सामुदायिक वन, ३ वटा साझेदारी वन, १ वटा धार्मिक वन, १ प्रस्तावित संरक्षित वन ६ सय हेक्टर र ३४ वटा निजी वन रहेको डिभिजन प्रमुख कार्कीले जनाउनुभयो ।

कार्यक्रममा साझेदारी वन महासंघका जिल्ला अध्यक्ष तथा कपिलवस्तु साझेदारी वनका अध्यक्ष गंगेशनाथ तिवारीले यस बर्ष शितलहरमा तीनवटै साझेदारी वनबाट ६ चट्टाका दरले दाउरा उपलब्ध गराउने कार्यक्रम रहेको बताउनुभयो । साझेदारी अन्तर्गत पर्ने विभिन्न टोल र चोकहरुमा दाउरा खसालेर आगो ताप्न सजिलो होस भनी दाउरा बाँडिने तिवारीले बताउनुभयो ।

जनचेतना वृद्धि र यस क्षेत्र सम्वन्धी आम नागरिकसम्म सूचना पु¥याई कार्यक्रमलाई प्रभावकारी वनाउन सामुदायिक रेडियोहरुको अहम भूमिका रहने सामुदायिक रेडियो प्रसारक संघ प्रदेश ५ का उपाध्यक्ष राजु खरालले सुझाव दिनुभयो । संचारमैत्री कार्यालय संचालन गर्न अनुरोध गर्दै संचार माध्यम र संचारकर्मीले वन संरक्षण र व्यवस्थापनमा आफ्नो भूमिका निर्वाह गर्ने पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष दिपक खड्काले प्रतिवद्धता जाहेर गर्नुभयो ।