आँखाका बिरामीको संख्या बढ्दो

0
Shares

विनोद सिंह विष्ट, बैतडी
पछिल्लो समय बैतडीमा आँखाका बिरामीहरुको संख्या बढ्दै गएको छ । सदरमुकामस्थित गोठलापानी र पाटनमा रहेको आँखा उपचार केन्द्रको तथ्याङक अनुसार पछिल्लो समय जिल्लामा आँखाका बिरामीको संख्या बढ्दै गएको पाईएको हो ।

आर्थिक बर्र्ष २०७३÷७४ मा १ हजार ७ सय १७ आँखाका बिरामीहरुले आँखा उपचार केन्द्र पाटनमा उपचार गराएका छन् भने गोठलापानी आँखा उपचार केन्द्रमा २ हजार २८ जनाले अाँखाका विभिन्न रोगहरुको उपचार गराएका छन् । पाटनमा उपचार गराउनेमा ९५२ महिला छन् भने ७६५ पुरुष रहेका आँखा उपचार केन्द्र पाटनकी नेत्र सहायक लता कार्कीले बताईन् । यता गोठलापानीमा उपचार गराउनेमा १हजार २३४ पुरुष छन् भने ७९४ महिला रहेका गोठलापानीका नेत्र सहायक विनोद कुवँरले जानकारी दिए ।

आर्थिक वर्ष २०७४÷७५ मा पाटनबाट २ हजार ४ सय २८ जना आँखाका बिरामीहरुले सेवा लिएका छन् भने गोठलापानी आँखा उपचार केन्द्रबाट २ हजार ९ सय ३४ जनाले आँखाको उपचार गराएका छन् । यसमा पाटनमा उपचार गराउने १हजार ३ सय ४ महिला रहेका छन् भने १हजार १ सय २४ पुरुष रहेका छन् । भने गोठलापानीमा मा उपचार गराउनेमा १हजार ६८७ पुरुष छन् भने १ हजार २ सय ४४ महिला रहेका छन् ।

यस्तै चालु आर्थिक बर्षको हालसम्म पाटन आँखा उपचार केन्द्रमा ८८१ जनाले उपचार गराएका छन् । जसमा ४८६ महिला रहेका छन भने ३९५ पुरुष रहेका छन् । गोठलापानी आँखा उपचार केन्द्रमा चालु आर्थिक बर्ष २०७५÷७६ को हालसम्म १ हजार २२ जना आखाँका बिरामीहरुले सेवा लिएका छन् ।

पछिल्लो समय दिनप्रतिदिन बढीरहेको प्रदुषण , धुलोधुवाको कारणले आँखाका बिरामीहरुको संख्या बढीरहेको स्वास्थ्यकर्मी बताएका छन् ।

गा्रमीण भेगका महिलाहरु धँुवामा धेरै समय बिताउनुपर्ने भएकोले पनि महिलाहरुमा आँखाको समस्या धेरै हुने गरेको आँखा उपचार केन्द्र पाटनकी नेत्र सहायक लता कार्कीको भनाई रहेको छ ।

आँखाको समस्याबाट बच्न गर्न धँुवा , धुलोबाट बच्ने , आँखाको सरसफाई गसररहनुपर्ने , मोबाईल , टिभी , कम्प्युटर कम प्रयोग गर्न सुझाव रहेको छ ।