नेपाल समाचारपत्र
काठमाडौ । छत्रपाटी निःशुल्क चिकित्सालयको मेडिकल सहयोग तथा नेपाल अर्वुधरोग निवारण संस्था काठमाडौंको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
साँखुको उग्रतारा माध्यामिक विद्यालयमा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ बाल रोग विशेषज्ञ डा. रमेश मल्ल, छत्रपाटी चिकित्सालयका बरिष्ठ स्त्री रोग विशेषज्ञ डा.चन्द्रलक्ष्मी श्रेष्ठ र डा.सुगारीका थापा, डा. सुसिला आमात्य, नाक कान घांटी रोगका विशेषज्ञ डा.प्रेमलकुमार जोशी, हाड जोर्नी विशेषज्ञ डा. अनुजराज विजुक्छे, डा.इशु श्रेष्ठ तथा स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गर्नुभएको थियो ।
उक्त शिविरमा करिव २ सय जनाले स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श लिएका थिए भने आवश्यक औषधी पनि ग्रहण गरेका थिए ।
साथै स्वास्थ्य शिविरमा लायन्स क्लब अफ काठमाडौ डिस्ट्रिक ३२५ ए–१ नेपाल, लायन्स क्लब अफ म्याग्दी, लायन्स क्लब अफ बालाजु, लायन्स क्लब अफ काठमाडौं बुढीगण्डकी, लायन्स क्लव अफ श्रीकृष्ठ कर्णाली डिस्ट्रिक ३२५ बि–१ नेपाल, लायन्स क्लब अफ म्याग्दी युथ, लायन्स क्लब अफ् काठमाडौं सितापाईला, लायन्स क्लब अफ काठमाडौं सोनिग तथा एसएम क्लिनिकले सहयोग रहेको थियो ।
कार्यक्रममा अर्वुध रोग निवारण संस्था काठमाडौं शाखाका सभापति अजयसिंह सुवाल, उपध्यक्ष हरिगोपाल प्रधान, डा.विमला शाक्य, सचिव दिव्यलक्ष्मी बज्राचार्य लगायत संस्थाका कार्यसमिति सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमा बोल्दै संस्थाका सभापति सुवालले यस्ता स्वास्थ्य शिविरहरु मात्रै नभएर आगामी दिनहरुमा क्यान्सर सम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।











प्रतिक्रिया