एकता दिवसमा बिदा दिन माग

0
Shares

काठमाडौं, (नेस) । स्वतन्त्र नागरिक समाजले राष्ट्रिय एकता दिवसको अवसरमा पौष २७ गते सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ ।

समाजले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदान उल्लेखनीय रहेको भन्दै यो ऐतिहासिक कार्यलाई नबिर्सन सरकारसँग आग्रह गरको छ । २७ गते शाहको जन्मदिन हो ।

समाजका संयोजक हेमबिक्रम सिलवालले बिदा दिन माग गर्दै दबाब स्वरुप अघिल्लो दिन माइतीघरमा भेला भई नयाँ बानेश्वरमा कोणसभा गर्ने समेत जानकारी दिनुभयो । समाजले एकता दिवसका दिन सिंहदरवारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शााहको शालिकमा माल्यार्पण गर्ने जनाएको छ ।

समाजले जातीय र धार्मिक युद्ध गरेर देश नै संकटमा पर्दै गएको भन्दै त्यसतर्फ सजग रहन आग्रह गरको छ । उसले हिन्दुधर्म कायम राख्न समेत माग गरको छ ।