इगरब्रिज बालक्लवद्धारा अग्नि पीडितलाई ७ लाख ६० हजारको राहत

0
Shares

कालीबहादुर मल्ल, कालिकोट ।
पलाँता गाउँपालिका खाडामा आगलागिवाट पीडित भएकाहरुको लागि इगरब्रिज माध्यमिक बिद्यालय सुर्खेतले संकलन गरेको राहत आइतबार जिल्ला प्रशासन कार्यालय कालिकोटलाई हस्तान्त्रण गरिएको छ ।

बालक्लव, शिक्षकद्धारा संकलति ७ लाख ६० हजार बरावरको राहत सामाग्री कालिकोट नागरिक समाज,प्रेस संगठन नेपालको समन्वयमा इगरब्रिज मावि सुर्खेतका प्रिन्सिपल दिपेन भुसालले जिल्ला प्रकोप उद्धार समितिका संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलाललाई हस्तान्त्रण गर्नुभएको हो ।

राहत सामाग्रीहरुमा चामल,चिउरा,दाल,चाउचाउ लगाएत खाद्यान्न र डसना, झोला, गलबन्दि,साडी,लुङगी, कुर्ता, ज्याकेट लगाएतका लत्ता कपडा रहेको बिद्यालयका प्रशासन प्रमुख,तृष्णा न्यौपानेले बताउनुभयो । उहाँका अनुसार स्कूल ड्रेस,जुत्ता चप्पल,डिर्सट,बल्यांकेट, मास्क समेत हस्तान्त्रण गरिएको छ ।

हस्तान्त्रण गरिएको सामाग्री तत्काल अग्नि पीडितहरु समक्ष पुगाइने सहायक प्रमुख जिल्ला अधिकारी दुलालले प्रतिबद्धता गर्नुभयो । पीडितहरुका लागि राहत सामाग्री पुगाउन गाडि पुग्ने ठाँउसम्मका लागि ढुवानी भाडाको ब्यवस्था गरिएको छ ।

जिलाको पलाँता गाउँपालिका– १ खाडा गाउँस्थित न्यौपाने गाँउमा पुस ८ गते राति भिषण आगलागि भएपछि जलेर नष्ट भएको थियो ।