कन्दमुल खाएर डोटीमा ‘पुषे पन्ध्र’ मनाइँदै

0
Shares

विमल बिष्ट, डोटी ।
सुदूरपश्चिम प्रदेश सहित डोटी जिल्लामा कन्दमुल खाएर आज आईतबार अर्थात पुष महिनाको १५ गते बिभिन्न कार्यक्रमको आयोजना सहित पुषे पन्ध्र मनाईदै छ ।

यहाँका बिभिन्न जिल्लाहरुमा आ आफनो जिल्ला अनुसारमा रहेका प्रख्यात परिकार सहित आजको दिन १५ प्रकारका खानेकुरा खाने तथा राती बिभिन्न पुराना राजा रजौटाहरुका कथा व्याथाहरुका बारेमा रचिएका किम्बदन्ति (कथा) गाउने र भन्ने चलन पनि रहेको छ ।

डोटी लगायतका अन्य जिल्लाहरुमा आज राती गाउभरीका मानिसहरु एकजनाको घरमा जम्मा हुने तथा त्यहाँ उक्त किम्बदन्ति भन्ने तथा सुन्ने चलन रहेको डोटी बोगटान गाउपालिका सिमिचौरका स्थानिय हेमबादुर बुढाले बताउनु भयो ।

उहाँका हनुसार यसरी गाउभरीका मानिसहरु जम्मा भएर गाउने तथा सुन्ने किम्दन्ती (कथा) लाई यहाँको स्थानिय भाषमा बातै हाल्ने अर्थात बातै सुन्ने भन्ने गरिन्छ । बातै सुन्नेहरुका लागि मिठो मिठो खानेकुरा पकाएर खुवाउने,रातभरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको छ ।

यतिमात्र नभई सुदूरपश्चिम भरीमा आजको रातलाई पन्नरी रात समेत भन्ने चलन रहेको छ । आजको रातीमा तरुल,तेकुना,फर्सि,पिडालु,सखरखण्ड तथा अन्नमा चालको परिकारबाट बनेको रोटी भुने खाने चलन रहेको शिखरनगरपालिका १ कप्पलेकीका स्थानिय अनिल शाहीले बताउनु भयो ।

उहाँले भन्नुभयो –‘आजको राती हामीहरु प्राय खानेकुरामा अनाज भन्दा पनि बनजंगलमा पाईने कन्दमुल लगायतका परिकार बढी खान्छौ ।’ पुष महिनाको १५ गते बढी चिसो हुने भएकाले चिसो हटाउनका लागि यहाँका स्थानियहरु दिनभरी जंगलमा गएर तरुल लगायतका बिभिन्न कन्दमुल खोजेर ल्याउनेर राती उसिनेर खाने गर्दछन् । पुष १५ गते देखि दिनहरु विस्तारै लम्विदै जाने किम्बदन्ति रहेको छ ।

आज रातीखानका लागि यहाँका बजारहरुमा बिभिन्न जंगली कन्दमुल बिक्रि बितरण गर्नेहरुको बिहानै देखी घुईचो लागेको दिपायल पिपल्लाका स्थानिय व्यापारी लेकबहादुर देउवाले बताउनु भयो ।