लागू औषध सहित ९ जना पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

लागू औषध नियन्त्रण व्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं ६ बस्ने ३० बर्षीय शंकर कुमार बि.क.लाई ५० ग्राम खैरो हेरोईन सहित काठमाडौंको कलंकीबाट पक्राउ गरेको छ ।

साधै लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय काकरभिट्टा, झापाबाट खटिइएको प्रहरी टोलीले झापा जिल्ला बताउने ३६ बर्षीय संग्राम लिम्बु आङ्देम्बे, अर्जुनधारा बस्न ४२ बर्षीय भिम बहादुर अधिकारी,सोही स्थानमा बस्ने ३८ बर्षीय ओममाया खतिवडा र झापा, कचनकवल बस्ने भिम बहादुर अधिकारी सँगै बस्ने ३६बर्षीय रेवतीमाया डाँगीसहित ४ जनालाई खैरो हेरोईन २३३ ग्राम सहित पक्राउ गरी आवश्‍यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिईएको प्रहरी टोलीले नेपालगंज उपमहानगरपालिका वडा नं. ७ बस्ने १९ बर्षीय साहिद खान र सोही स्थानमा बस्ने १८बर्षीय सध्दाब खान गरी २ जनालाई खैरो हेरोईन ८ ग्राम ७५० मिलिग्राम सहित पक्राउ गरेको जनाएको छ ।
उनीहरुलाई आवश्‍यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाईएको प्रहरीले जनाएको छ ।

यस्तै र नेपालगंज उपमहानगरपालिका वडा नं.३ बस्ने २४ बर्षीय ईसाक हलुवाईलाई ५ ग्राम खैरो हेरोईनसहित नेपालगंजको त्रिवेणीमोडबाट पक्राउ गरेको बताइएको छ ।

साथै लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय भैरहवाबाट खटिईएको प्रहरी टोलीले जिल्ला सिन्धुपाल्चोक घर बताउने ३३ बर्षीय रस्बिन नेपालीलाई नियन्त्रित मनोद्विपक डाईजापाम-३० एम्पुल, फेनारगन-३० एम्पुल, टालजेसिक-३० एम्पुल र नाईट्रोसन १० ट्याब्लेट सहित पक्राउ गरेको ब्युरोबाट खटिएको प्रहरी टोलीले जनाएको छ ।