काठमाडौं । प्रहरीले काठमाडौंको जडिबुटीबाट पेस्तोल र खुकुरीसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा धादिङ स्थायी घर भई काठमाडौं बस्दै आएका अर्जुनप्रसाद अधिकारी र धादिङकै केदार अधिकारी रहेको जनाइएको छ । केदारको साथबाट अवकास प्राप्त प्रहरी जवानको नक्कली परिचयपत्र फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । दुई अधिकारीसँगै काभ्रे स्थायी घर भएका अञ्जन उप्रेतीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुको साथबाट एकथान चाइनिज पेस्तोल, म्यागेजिन र ३ राउण्ड गोली बरामद गरिएको छ । पेस्तोल बाहेक उनिहरुको साथबाट ६ थान घरेलु हतियार (खुकुरी) समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।











प्रतिक्रिया