प्रहरीको सार्वजनिक सुनुवाईमा मदिराकै गुनासो

0
Shares

विमल बिष्ट, डोटी ।
डोटीको पुर्विचौकी गाउपालिकामा जिल्ला प्रहरी कार्यालय डोटीले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय महिलाहरुले मदिरा सम्बन्धि गुनासो गरेका छन् ।

मदिराका कारण गाउमा घरेलु तथा महिला हिंसा बढेकोले यथासक्य चाडो मदिरा नियन्त्रण गरीदिन महिलाहरुले उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा मागगरेका थिए ।

डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदी,जिल्ला प्रहरी प्रमुख एसपी बिद्यान्नद माझी सम्मिलित रहेको उक्त कार्यक्रममा महिलाहरुले मदिराका कारण गाउमा अधिकांसको उठीबास हुने अवस्था श्रृजना भएको गुनासो पोखेका थिए । महिलाहरुका गुनासा सुन्दै डोटीका प्रमुख जिल्ला अधिकारी सुबेदीले डोटीमा मदिराका कारण हुने घरेलु तथा महिला हिंसा अन्त गरेरै छोड्ने दाबी गर्नु भएको थियो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा डिएसपी लालबहादुर धामीले उक्त सार्वजनिक कार्यक्रममा महिलाले उठाएका मस्याहरुको अक्षरस पालना गरीने बताउनु भयो ।
उहाँले भन्नुभयो –‘मदिराका कारण बिभिन्न घटना हुने गरेको हामीले बुझयौ,कुनैपनि हालतमा मदिरा बन्द गराएरै छौड्छौ ।’ डोटीमा चालु आर्थिक बर्षमा मदिराका कारण एक दजर्न बढी घरेलु तथा महिला हिंसा भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय डोटीको तत्थ्यांकमा उल्लेख गरिएको छ ।

पुर्विचौकी गापालिकामा मात्रै नभएर समग्र जिल्ला भरीमा महिला तथा घरेलु हिंसाको प्रमुख कारण मदिरा भएको प्रमाणित भएपनि प्रहरीले निन्त्रण गर्न नसकेको स्थानियको गुनासो छ ।
डोटीमा हुने जुनसुक्कै घटनामा पनि मदिरा प्रमुख कारण देखिएकाले मदिरा नियन्त्रण अभियानलाई प्रहरीले पछिल्लो समय पहिलो प्राथमिक्ता दिएको प्रबक्ता तथा डिएसपी धामीले बताउनु भयो । ‘जुनसुकै घटनामापनि मदिरा पहिलो कारण देखिदै आएको छ,’उहाँले भन्नुभयो–‘पहिले हामी मदिरा बन्द गछौ,अनि अन्य काममा लाग्छौ ।’

मदिरा नियन्त्रणका लागि डोटीमा प्रहरीले सादा पोषाकमा समेत प्रहरी परिचालन गरेको छ । मदिरा बिना ईजाजत अबैध रुपमा बिक्री बितरण तथा सेवन गरेकाको अवस्थामा शहरी क्षेत्रमा मात्र नभई गाउँ टोलबस्तीमा पनि सादा पोषाकमा प्रहरी परिचालन गरी बिक्रीबितरण गर्ने र खाएर होहल्ला गर्नेलाई समेत कडा भन्दा कडा कारवाही गर्ने तयारी भईरहेको समेत प्रबक्ता तथा डिएसपी धामीले जानकारी दिनुभयो ।

सुदूरपश्चिम खाद्य प्रबिधि कार्यालयका अनुसार डोटीमा ४० प्रतिसत खाद्यान्न तथा ६० प्रतिसत मदिरा बिक्रि बितरण हुने गरेको छ ।