जापानमा पुटिनको क्यालेन्डर हाताहात विक्री


टोक्यो (एजेन्सी)
रुसका राष्ट्रपति भ्लादिभिर पुटिनको तस्वीर राखिएको क्यालेन्डरको विक्रीले जापानमा सबै किर्तिमान तोडेको छ । नयाँ बर्षको अवसरमा आएको क्यालेन्डर हातहातमै विक्री भएको बताइएको छ । उक्त क्यालेन्डरमा पुटिनको सेलिजर पोखरीको हिँउ पग्लेर बनेको चिसो पानीमा डुबुल्की लगाइरहेको र जिममा पसिना लुटपुठ भएका तस्वीर राखिएका छन् ।

पुटिन क्यालेन्डरको बिक्रीको अधिकार लिएका चेनस्टोर द लाफ्टले जापानमा उनीहरुको आउटलेट्समा ६६ बर्षिय रुसी राष्टपतिको तस्वीर भएको क्यालेन्डर अत्यधिक बिक्री भइरहेको बताएका छन् ।

पुटिनको क्यालेन्डर जापानी अभिनेता केइ तनाकाको तुलनामा धरै नै चर्चित भएको छ । ती अभिनेता दोस्रो स्थानमा परेका छन् । बिक्रीको मामिलामा ओलम्कि पुरुष स्केटिङ च्याम्पियन युजरु हानयुको क्यालेन्डर पनि पुटिन भन्दा पछाडी तेस्रो स्थानमा परेका छन् । यसको विशेष कारण भ्लादिमिर पुटिन जापानमा अत्यन्त लोकप्रिय छन् ।