कृषि तथा पशुपन्छी क्षेत्रको उत्पादकत्व वृद्धिको लक्ष्य पूरा नहुने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
१४औं त्रिवर्षीय आवधिक योजनाले कृषि तथा पशुपन्छी क्षेत्रको उत्पादकत्व वृद्धिको लक्ष्य पँरा नहुने देखिएको छ ।

कृषि र पशुजन्य वस्तुको उत्पादनका बारेमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार धान, तरकारी, तेलहन र उखुबाहेक बाँकी सबै वस्तुको उत्पादनमा लक्ष्य हासिल गर्न नसकिने देखिएको छ । मन्त्रालयले १४आंै योजनामा उल्लेखित कृषि र पशुपन्छी क्षेत्रको सँचक तथा प्रगति विवरण सार्वजनिक गर्दै अन्य वस्तुको उत्पादन लक्ष्यअनुसार नभएको देखाएको हो ।


आवधिक योजनाको अन्तिम वर्ष अर्थात् चालँ आर्थिक वर्षमा धान ५५ लाख ६१ हजार मेट्रिक टन, मकै २६ लाख ९६ हजार मेट्रिक टन, गहँु २२ लाख १९ हजार मेट्रिक टन, दलहन ४ लाख ३८ हजार मेट्रिक टन, आलु ३२ लाख ५० हजार मेट्रिक टन र माछा १०३ हजार मेट्रिकटन उत्पादन लक्ष्य राखिएको थियो । तर, धान, तरकारी, तेलहन र उखुको उत्पादनमा मात्र लक्ष्य हासिल भएको छ भने गहुँ, मकै, आलु, फलफँल र दलहनको उत्पादनमा लक्ष्य हासिल हुन नसकिने देखिएको छ ।

१४आंै योजनाको क्षेत्रगत विकास नीतिअनुसार कृषि तथा पशुपन्छी क्षेत्रले बढ्दो जनसंख्याको चापलाई धान्न सक्ने गरी खाद्य तथा अन्य अन्य आधारभँत आवश्यकता पँरा गर्न कृषि उत्पादन र उत्पादकत्व बढाउने गरी सोच, लक्ष्य, उद्देश्य, रणनीति र कार्यनीति तय गरेको थियो । तर, केही वस्तुमा बाहेक अधिकांश खाद्य वस्तुमा आवधिक योजनाअनुरुपको लक्ष्य हासिल भएको देखिँदैन ।

सरकारले कृषि उपजको उत्पादन र उत्पादकत्व बढाउनका लागि लिएका लक्ष्य प्राप्त नहुने र कुल मागलाई मुलुकको आन्तरिक उत्पादनले नधानेपछि यस्ता वस्तुको आयात वर्षेनी बढ्ने क्रममा देखिएको छ ।
१४औं योजना सकिएसँगै सरकारले अबको ५ महिनापछि लागँ हुने गरी १५औं पञ्चवर्षीय योजना ल्याउने तयारी गरिरहेको छ ।