एक दर्जन वस्तुमा आत्मनिर्भर हुने तयारी

0
Shares

नेपाल समाचारपत्र, सिन्धुली
३ नम्बर प्रदेशस्तरीय ‘प्रादेशिक महोत्सव २०७५’ शुक्रबारदेखि सिन्धुलीमा शुरु भएको छ । सिन्धुली उद्योग बाणिज्य संघ र कमलामाई नगरपालिकाको आयोजनामा शुरु भएको महोत्सव अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्नुभयो ।

‘कृषि, पर्यटन, जलस्रोत र उद्योग क्षेत्रको विकास, समृद्ध ३ नम्बर प्रदेश निर्माणको आधार’ भन्ने नाराका साथ महोत्सव शुरु भएको हो ।
महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले बेरोजगार युवा, विदेशबाट फर्केका र महिलालाई व्यवसाय गर्न सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन बैंकहरुलाई निर्देशन दिइसकेको बताउनुभयो ।

शिक्षित युवालाई व्यवसाय गर्न ७ लाख, वैदेशिक रोजगारीबाट फर्किन स्वदेशमै व्यवसाय गर्न इच्छुकलाई १० लाख, र महिला उद्यमीलाई १५ लाखसम्म ५ प्रतिशत ब्यजदर अनुदानमा पँुजी उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेकाले निर्देशन पालना नगर्ने बंैकलाई कारबाही गरिने बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले भँकम्पपीडितलाई ५ प्रतिशत ब्याजदरमा ५ लाखसम्म ऋण दिने कुरा जानकारी दिँदै पाँच वर्षभित्र पाँच लाखलाई रोजगारी दिइने त्यसपछि वैदेशिक रोजगारीमा जान नपर्ने दाबी गर्नुभयो ।

देशलाई एक दर्जन वस्तुमा चाँडै नै आत्मनिर्भर बनाउने तयारी भएको भन्दै त्यसका लागि वस्तुको पहिचना भइसकेका मन्त्री खतिवडाको दाबी छ ।
उहाँले सिन्धुलीको जुनारलाई देशमै खपत गर्न तथा बाहिरी देशमा निर्यत गर्न प्रशोधन गर्न आवश्यक रहेको भन्दै सहकारीको माध्यमबाट जुनार प्रशोधनका लागि उद्योग स्थापना गर्न सहकारीलाई २५ प्रतिशत ब्याजदरमा पँुजीगत अनुदान उपलब्ध गराइने बताउनुभयो

प्रदेश नम्बर ३ का १३ वटा जिल्लाभित्रका कृषि, पर्यटन, उद्योग, होटल, धार्मिक सांस्कृतिक तथा ऐतिहासिकस्थलको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि महोत्सवले सहयोग पु¥याउने महोत्सव मुल समारोह समितिका संयोजक तथा सिन्धुली उद्योग बाणिंज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदारले बताउनुभयो ।

महोत्सवमा कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगजन्य उत्पादित वस्तु, जातीय परम्परागत कला संस्कृति, होटल, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी आदिद्वारा उत्पादित वस्तुको २५० वटा स्टल राखिएका छन्
महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने तथा ६५ लाख लाख रुपियाँ खर्च गरी ८० लाख रुपियाँ आम्दानी हुने आयोजककोे अनुमाने छ ।