उद्योगपति किसनलाल दुगडको ७५औं जन्मोत्सवमा आत्मकथा विमोचन

0
Shares

काठमाडौं, (नेस)
औद्योगिक घराना केएल दुगड समँहका अध्यक्ष किसनलाल दुगडको ७५औं जन्मोत्सव पारेर उहाँको सचित्र आत्मकथा समेटिएको ‘द रेनाइसेन्स म्यान’ नामक पुस्तक विमोचन गरिएको छ । उक्त पुस्तक विमोचन पँर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नुभएको थियो । उक्त पुस्तकमा किसनलाल दुगडलाई जस्तोसुकै दुःखद परिस्थितीमा पनि हरेस नखाइ सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने व्यक्तीको रुपमा चित्रण गरिएको छ ।

किसनलाल दुगडको जन्म वि.सं. २००० सालमा भएको थियो र उहाँ १३ वर्षको उमेरबाट नै पढाइको साथ साथै उद्योग व्यवसायलाई पनि अगाडि बढाउन निरन्तर रुपमा लागिरहनुभएको छ । कृषि प्रधान देश नेपालको विकासमा कृषि सम्बन्धी उद्योगहरु खोली विस्तार ग¥यो भने देश विकासमा सहयोग पु¥याउन सकिन्छ भन्ने सोचाइका साथ उहाँले कृषि क्षेत्रसँग सम्बन्धित खाद्यान्नका धेरै उद्योगजस्तै आंँटा, तेल, चामल, मैदा तथा दालका साथै अन्य उद्योग पनि स्थापना गर्दै आइरहनु भएको छ । आज केएल दुगड समँह नेपालकै अग्रणी औद्योगिक व्यवसायिक घरानामा पर्दछ ।

नेपालमै कच्चापदार्थ पाइने उद्योगहरुको स्थापना ग¥यो भने देशको विकासमा भरपुर सहयोग पुग्छ भन्ने मान्यता राख्ने केएल दुगड समँह पछिल्लो समय सिमेन्ट उद्योग तथा हाइड्रोपावरमा लगानी गरेको छ । अन्तर्राष्ट्रिय आयातको प्रतिस्थापन गरि स्वदेशी उद्योगको विकासमा केएल दुगड समँह लागि परिरहेको छ ।

उक्त समुहले हजारौंको संख्यामा रोजगारी प्रदान गर्दै आएको छ । यो सबै हुनुमा उक्त समँहको अध्यक्ष किसनलाल दुगडको निरन्तर लगाव, र सकारात्मक सोचका साथ निरन्तर अगाडि बढ्ने बानीको कारण सम्भव भएको हो भन्ने बुझाइ आम जनमानसको पनि रहेको छ ।