काभ्रे, (नेस)
नेपाल स्कुल अफ प्रोजेक्टका अध्यक्ष तथा स्थानीय निर्वाचनमा महाभारत गाउँपालिकामा उम्मेदवार समेत रहेका साविक फोक्सिङ्गटार गाविस वडा नम्वर ५ ठुलोपोखरा घर भएका रकम सिं घलान(लामा) सालका रुख काटेर बेपत्ता भएको चार वर्ष पछि पक्राउ परेका छन् ।
२०७१ साल कार्तिकदेखि धमाधम सालका रुख काटेर विक्री गर्ने क्रममा जिल्ला बन कार्यालय काभ्रेमा उजुरी दर्ता भए सँगै उनी फरार भएका थिए । सालका रुख काटेर विक्री गर्न राखिएको ४ सय ४९ क्यु फिट सालका काठ डाँडापारीका बनखु लगायतका क्षेत्रमा काटिएको थियो । उजुरी परे लगत्तै जिल्ला बन कार्यालयले इलाका बन कार्यालय कटुञ्जेका रेञ्जर उदिमप्रसाद राईलाई अनुसन्धान अधिकृत तोकेको थियो । शनिबार दिउसो प्रहरीले स्वयम्भुमा लुकेर बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरिक्षक दीपक रायले जानकारी दिनुभयो ।
फोक्सिङ्गटार घर भएका रकम सिं घलान र लामा एकै ब्यक्ति भएको र उनकै नेतृत्वमा विजय लामा र उनका सहयोगी ज्ञानबहादुर स्याङ्गतान समेतले काठ चोरी निकासी गर्ने मनसायले सालका रुखहरु काटेको प्रमाण अनुन्धान टोलीले संकलन गरेको थियो । उनले काटिरहेको काठ बरामद गरी स्थानीय सामुदायिक बन उपभोक्ता समुह र काठको गोदाम सँगै रहेका घर धनीलाई जिम्मा लगाइएको छ ।
प्रहरीले पटक पटक पक्राउ गर्न प्रयास गरे पनि उनी शक्तिका भरमा उम्कँदै आएका थिए । सरकारी बनबाट सालका रुख काट्ने रकम सिं घलान लामा र विजय मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न स्थानीयले पटक पटक माग गरेका थिए । उनिहरुले सालका रुख काट्न लगाएका मजदुर नन्दे मोक्तानले उनिहरुकै कारण आत्महत्या गरेको परिवारले बताएको छ । पछि नन्देको श्रीमतीलाई प्रभावित बनाई रकम सिं घलानले उनको समेत केहि रकम खर्च गरिदिएका छन् ।











प्रतिक्रिया