विमल बिष्ट, डोटी
डोटी–काठमाडौँ डाँक सेवा प्रभावकारी हुन सकेको छैन । यातायात व्यवसायी समितिको लापर्बाहीका कारण सेवा प्रभावकारी बन्न नसकेको हो ।
क्षेत्रीय हुलाक निर्देशनालय दिपायलले जिल्लाका यातायात व्याबसायी समितिसँग सेवा सम्झौता गरेको छ । तर सम्झौता अनुसार डाँक सेवा सहज, छिटो र सुरक्षित बन्न नसकेको निर्देशनालयका अधिकारी बताउँछन् । डोटी–काठमाडौँ सिधा बस नहुँदा डाँकसेवा प्रभावकारी बन्न नसकेको क्षेत्रीय हुलाक कार्यालय दिपायलका खरिदार भोजराज पन्तले बताउनुभयो ।
उहाँले भन्नुभयो –‘पहिले डोटीबाट सिधै काठमाडौ जाने बस थिए, डाँक पनि सिधै जान्थे तर अहिले समितिले बस सेवा हटाउदा डाँक सेवा प्रभावकारी बन्न सकेको छैन ।’ डोटीबाट काठमाडौ पठाइने डाँक अहिले क्षेत्रीय हुलाक कार्यालयले कैलालीस्थित सुदूरपश्चिम यातयात व्यबसायी समितिको कार्यालय पठाउँदै आएको छ । त्यहाँ बाट अर्को दिनको गाडीमा मात्रै डाँक काठमाडौ पठाउने व्यबस्था गरिएका कारण समस्या उत्पन्न भएको कर्मचारी बताउछन् ।
सामान्यतया डोटी र आसपासका जिल्लाबाट डाँक तीन दिन भित्र काठमाडौ पुग्नुपर्ने हो तर यातायात व्यबसायीका कारण सेवा ढिलो हुन थालेको क्षेत्रीय हुलाक निर्देशनालयले जनाएको छ । दिपालय–काठमाडौँ डाँक सेवाका लागि क्षेत्रीय हुलाक निर्देशनालय राजपुर दिपायलले सुदूरपश्चिम यातायात व्यवसायी समितिसंग वार्षिक ८६ हजार दुई सय ५० रुपैँयाको सम्झौता गरेको थियो ।











प्रतिक्रिया