नेकपा स्थायी समिति बैठक पुसभित्रै एकीकरण टुंगो लगाउन कार्यदल गठन

0
Shares

काठमाडौं, (नेस)
नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित भएको छ। स्थायी समिति सदस्यहरूको विचार र सुझावलाई समेटेर राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरिएको हो।
अध्यक्ष ओलीले बिहीबार बसेको स्थायी समिति बैठकमा प्रस्ताव पारित गर्न आह्वान गरे पनि स्थायी समिति सदस्यहरूले त्यसमा परिमार्जन गर्नुपर्ने अडान राखेका थिए। गत मंसिर २९ गतेबाट शुरू भएको उक्त बैठकमा नेताहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेकाले सरकार र पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पु¥याउन नसक्दा अध्यक्षद्वय ओली र प्रचण्डको आलोचना गरेका थिए।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले नेताहरूका सुझाव समेटी प्रतिवेदन परिमार्जन गर्ने प्रतिबद्धता जनाएपछि उक्त प्रतिवेदन सर्वसम्मतिले पारित भएको प्रवक्ता नरायणकाजी श्रेष्ठले जानकारी दिनुभयो।
उक्त बैठकले एकीकरण यही पुस मसान्तभित्र सक्ने गरी महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको छ। यसको सदस्यमा रामबहादुर थापा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रघुवीर महासेठ, वेदुराम भुसाल, वर्षमान पुन र लेखराज भट्ट रहनुभएको छ।