गाउँ मै सरकारी सेवा,सेवाग्राही खुसी

0
Shares

सलिम अन्सारी, प्युठान ।
गाउँमा एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि सरकारी सेवा लिन सर्वसाधारणको भीड लागेको छ ।

सरुमारानी गाउँपालिकाको केन्द्र बड्डडाडामा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि सेवा लिन सर्वसाधारणको भीड लागेको हो। दुर्गम गाउँका स्थानीयलाई घर दैलोमै पुगेर सेवा दिने सरकारको उद्देश्य अनुरुप बडडाडा स्थित जनता माविमा दुई दिने सरकारी सेवा सहितको शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए।

‘जिल्लाका बिषयगत कार्यालयले दिने मह्त्वपुर्ण सेवा गाउँमै पुगेर दिएका छौ, शिविरमा स्थानीयको भिड लागेको छ’ गैह्रेले भने।

शिविरबाट स्थानीयले समुदायमा सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी सचेतना , नयां नागरिक्ता फोटो सहितको मतदाता नामावली संकलन,अपाङ्गता तथा जेष्ठ नागरिक परिचय पत्र वितरण, उद्योग व्यवसायसम्बन्धी परामर्श प्रदान,तरकारिका बिउ विजन, निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण, पशु उपचार सेवा, निशुल्क आँखा परीक्षणको सेवा पाएका छन्।

शिवीरको पहिलो दिन आज झण्डै चार सय जनाले सेवा लिएका छन। जसमध्ये १ सय दुई जनाले नया नागरिक्ता र १०८ जनालाई मतदाता नामावली वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार ९८ जना आखाँ जाँच, स्वास्थ्य जाँच ५४ जना,अपांग परिचय वितरण १६ जना जेष्ठ नागरिक परिचय पत्र ८ जना,उद्योग वाणिज्यमा व्यवसायमा १५ जनाले दर्ता गराएका छन। सामुदायिक प्रहरी साझेदारी सेवा ९० जना सर्वसाधारणले लिए भने पशु ,भेटनरी ,कृषि सम्बन्धी निस्शुल्क सेवा प्रदान गरिएको थियो।

इलाका प्रशासन कार्यालय जस्पुर र सदरमुकाम खलगां सम्म जान नसकेका महिला, बालबालिका, जेष्ठ नागरिक, अशक्त र अपांगता भएकाहरुलाई सरकारले घरदैलोमा आएर सेवा दिएकोमा स्थानीयहरु धेरै खुसी भएको सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले बताए।जिल्ला प्रशासन कार्यालय प्युठानको संयोजन र सरुमारानी गाउँपालिकाको सहयोग एवं समन्वयमा एकीकृत घुम्ती शिविर आयोजना गरिएको हो । घुम्ती शिविर शनिवार सम्म चल्ने छ।