के.वि. ग्रुपपद्धारा तीन सय जनालाई न्यानो लुगा बितरण

0
Shares

विमल बिष्ट, डोटी ।
डोटीको प्रमुख व्यापारिक केन्द्र दीपायल पिपल्लामा रहेको के.बी. गु्रपका प्रमुख खगेन्द्रबहादुर साउँद (के.वि.)ले डोटीमा रहेका बृद्ध, एकल, अपाङ्ग तथा असहाय व्यक्तिलाई जाडोमा न्यानो लुगा वितरण गर्नु भएको छ ।

आफनो कम्पनी अर्थात के.बी. गु्रपको बार्षिक उत्सबको अवसर पारेर उहाँले बर्षेनी यहाँका असहाय व्यक्तिलाई जाडोमा न्यानो लुगा दिदै आउनु भएको छ । आफनो छैटौं वर्षका रुपमा उहाँले यस वर्ष पनि ३ सय जनालाई ‘जाडोमा न्यानो लुगा वितरण’ कार्यक्रममा कम्बल वितरण गर्नु भएको छ ।

दीपायल सिलगढी नगरपालिका वडा नं. ३ पुल बजार निवासी साउँदले बुधबार नगरपालिकाका वडा नं. १ देखि ४ सम्मका १ सय २० जना विहीबार नगरपालिकाको वडा नं. ५, ६ र ७ का ९० जनालाई कम्बल वितरण गरेका गर्नु भएको छभने शुक्रबार वडा नं. ८ र ९ का ९० जनालाई कम्बल वितरण गर्ने योजना रहेको साउँदले जानकारी दिनुभये ।

‘दीपायल सिलगढी नगरपालिकामा रहेका असहाय,बृद्ध,बृद्धा,एकल महिला तथा अपांगहरुलाई हाम्रो कम्पनीले बर्षेनी चिसोमा न्यानो लुगा दिदै आएको छ’, उहाँले भन्नुभयो —‘यो कार्यलाई हामी पछि जिल्ला भरीमै फैलाउने छौ ।’ सो गु्रपले प्रत्येक वडासँगको समन्वयमा एउटा वडाबाट ३० जनाका दरले छनोट गरी २ सय ७० जनालाई र बाँकी कमजोर अवस्थाका अन्य ३० जना गरी ३ सय जनालाई कम्बल वितरण गरेको छ ।

आफ्ना स्वर्गीय बुबा खडकबहादुर साउँद र स्वर्गीय आमा इन्द्रादेवी साउँदको सम्झनामा कम्बल वितरण गर्ने गरेको के.बी गु्रपका प्रमुख साउदले बताउँनुभयो ।

त्यस्तै उहाँको कम्पनीले डोटीका विभिन्न विद्यालयमा अक्षय कोष स्थापना, विद्यार्थीलाई झोला वितरण, बजार तथा सार्वजनिक स्थलमा डस्टविन, सार्वजनिक स्थलमा प्रतिक्षालय, दिल्पेश्वर मठमा साउण्ड सिस्टम, विभिन्न कार्यालयहरुमा डिजिटल एवं टेम्पे्रचर सहितका भित्ते घडी प्रदान गर्दै आएको छ । समाज सेवाको भावना भएका साउँद डोटी चेम्बर अफ कमर्सका अध्यक्ष तथा नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पनि हुनुहुन्छ ।