जिससको जन्मथलो बेथलेहममा इसाई धर्मावलम्बीको भीड


जेरुसलम, (एजेन्सी)
क्रिसमसको पूर्वसन्ध्यामा बेथलेहम पुगेका विश्वभरिका हजारौं इसाईले यसुको जन्मदिन हर्सोलासका साथ मनाएका छन्। अमेरिकी प्रशासनद्वारा जेरुसलमलाई इजरायलको राजधानी घोषित गरेपछि यति धेरै इसाई भेला भएको पहिलोपटक हो। बेथलहमको मेन्जर स्क्वायरमा पर्यटक तथा स्थानीय मध्यरातसम्म जम्मा भएका थिए।

क्रिमसको अवसरमा आयोजित कार्यक्रममा प्यालेस्टिनी बालबालिकाले स्काउटको नेतृत्वमा परम्परागत परेड निकालेका थिए। कार्यक्रममा सोमबार मनाइने क्रिसमस उत्सवको तयारी देखाइएको थियो। प्यालेस्टिनी पर्यटनमन्त्री रुला मैयाले बेथलेहममा सबै होटल बुक भइसकेकको र सुरक्षा स्थिति पूर्ण नियन्त्रणमा रहेको बताए। उनले भने– ‘यसअघि कहिल्यै पनि यति धेरै संख्यामा मानिस प्यालेस्टाइन आएका थिएनन्।’

ट्राभल एजेन्ट फादी खतानले आगामी केही दिनका लागि सबै होटल बुक भएको बताए। क्रिसमसको पूर्वसन्ध्यामा श्रद्धालु बेथलहम पुगेको र ग्रोटो (प्राकृतिक गुफा)को दर्शनका लागि पंक्तिबद्ध भएर बसेका थिए। इसाई धर्मका प्रवर्तक जिससको जन्म सोही गुफामा भएको मानिन्छ।

जेरुसलम मध्यपूर्वमा लाग सागर र मृत सागको बीचमा अवस्थित एक शहर हो। यो विश्वको सबैभन्दा पुराना शहरमध्यको एक हो। यो इसाई, मुसलमा र यहुदी तीनवटै धर्मका लागि पवित्र मानिन्छ। यो शहरमाथि इजरायल र प्यालेस्टाइन दुवैले आ–आफ्नो दाबी गर्दै आइरहेका छन्। यद्यपि इजरायलले यसलाई आफ्नो राजधानी घोषणा गरिसकेको छ। तर, अन्तर्राष्ट्रियरूपमा धेरैजसो देशले यसलाई मान्यता दिएको छैन।

जेरुसलमको पुरानो शहरलाई सन् १९८१ मा विश्व सम्पदाको सूचीमा राखिएको थियो र यसलाई खतराको सूचीमा पनि राखिएको छ। सन् २०१५ मा जेरुसलममा करिब ५ लाख ५० लाख यहुदी र ३ लाख प्यालेस्टिनी बसोबास गर्थे। बाइबलअनुसार किंग डेविडले उक्त शहरमाथि जेबुसाइट्सलाई पराजित गरी कब्जा गरेका थिए।

अहिले जेरुसलम इजरायल र प्यालेस्टाइनबीच विवादको प्रमुख कारण रहेको छ। सन् १९४८ को अरब युद्धमा पश्चिम जेरुसलममाथि इजरायलले कब्जा गरेको थियो भने पूर्वी जेरुसलममाथि जोर्डनले कब्जा गरेको थियो। सन् १९६७ मा इजरायलले जोर्डनबाट पूर्वी जेरुसलम पनि आफ्नो कब्जामा लिएको थियो। सन् १९८० मा जेरुसलमलाई आफ्नो राजधानी घोषणा गरेको थियो।