थाइल्यान्डमा औषधिका रूपमा गाँजा प्रयोगमा छुट


बैंकक, ९एजेन्सी०
थाइल्यान्डको संसद्ले मंगलबार गाँजालाई औषधिका रूपमा प्रयोग गर्न पाउनेबारेको विधेयकलाई पारित गरेको छ। एक जना प्रमुख विधायकले यस घटनालाई थाई जनताका लागि नयाँ वर्षको उपहारको संज्ञा दिएका छन्।

तर, अझै पनि थाइल्यान्डमा गा“जालाई मनोरञ्जनका रूपमा सेवन गर्ने कानुनी अनुमति छैन। तीसको दशकमा गाँजामाथि पूर्णरूपमा प्रतिबन्ध लगाइनुअघिसम्म थाइल्यान्डमा यसलाई परम्परागत औषधिका रूपमा प्रयोग गर्ने गरिएको थियो।

दक्षिणपूर्वी एसियामा यस लागूपदार्थ साथमा मात्र भेटिएको खण्डमा पनि विश्वकै सबैभन्दा कडा सजायको प्रावधान रहीआएकोमा यसलाई औषधिका रूपमा प्रयोग गर्ने छुट दिने थाइल्यान्ड यस क्षेत्रकै पहिलो मुलुक भएको छ।

थाइल्यान्डको सैनिक सरकारअर्थात् जुन्ताले नियुक्त गरेको संसद्मा सन् १९७९ को लागूऔषध कानुनलाई संशोधन गर्न मंगलबार मतदान भएको थियो। रोयटर्स समाचार निकायका अनुसार नया“ वर्षको बिदा शुरू हुनुअघि नै यस विधेयकलाई पारित गराउन संसद्को थप अधिवेशन बसेको थियो।
दि बैंकक पोस्टले यो विधेयक सरकारी गजेटमा प्रकाशित गरेपछि मात्र कानुन बन्नेछ। मस्यौदा समितिका अध्यक्ष सोम्चाइ सावान्गकार्नका अध्यक्षले यो राष्ट्रिय विधान सभाले सरकार र थाई जनताका लागि नया“ वर्षको उपहार भएको बताएका छन्।