ह्वाइट हाउसमा ‘विचरा’ ट्रम्प एक्लै


वासिङ्टन, (एजेन्सी)
विश्वभरि क्रिसमस धुमधामस“ग मनाइरह“दा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको एक ट्विटले सबैको ध्यान तानेको छ। ट्रम्पले ट्विटमा आफूलाई ‘विचरा’ शब्दको प्रयोग गर्दै अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण मुद्दाको उल्लेख गरेका थिए।

ट्रम्पको उक्त प्रस्तावको अमेरिकी संसद्मा विपक्षी डेमाक्र्याट्सले कडा विरोध गरेको थियो। त्यसपछि अमेरिकी प्रशासनमा आंशिक काम बन्द भएको थियो। सरकारी विभागहरूको गतिविधि आंशिकरूपमा ठप्प भएको ३ दिन भइसकेको छ।

राष्ट्रपतिले सोमबार फ्लोरिडामा आफ्नो मारा लागो रिसोर्टको यात्रा रद्ध गरेका थिए। उनले आफू ≈वाइट हाउसमा पूरै एक्लै परेको र आंशिकरूपमा ठप्प रहेको सरकारी कामकाज शुरू गराउनका लागि डेमोक्र्याट्सहरूस“ग वार्ताका लागि कुरेर बसेको बताएका थिए।

ट्रम्पले ट्विटमा लेखेका थिए– ‘म बिल्कुल एक्लो छु, विचरा म, यो ≈वाइट हाउसमा डेमोक्र्याट्स पार्टीका नेताहरू सीमासुरक्षाका लागि आवश्यक सम्झौता गर्न वार्तामा आउने प्रतीक्षामा छु। एक समयसम्म सीमामा पर्खाल नबन्नु देशलाई त्यसको मूल्य भन्दा धेरै मह“गो बन्नेछ। ट्रम्पले अमेरिका, मेक्सिको सीमामा पर्खाल निर्माणका लागि बजेटको मुद्दा उठाएका थिए, जसमा करिब ५ अर्ब डलर खर्च हुनेछ। उक्त प्रस्तावलाई डेमोक्र्याट पार्टीले विरोध गरेको छ। यसअघि पार्टीले सीमा सुरक्षाका लागि १ अर्ब ३० करोड डलर धनराशीको बजेट पेस गरेको थियो।

बजेट खर्चलाई लिएर अमेरिकी सरकारको कामकाज जनवरीसम्म बन्द हुन सक्ने बताइएको छ। जनवरी ३ मा अमेरिकी संसद् पुनः नबसेसम्म कामकाज ठप्प हुने स्थिति रहेको ट्रम्पका एक सहयोगीले संकेत दिएका छन्। शुक्रबारको संसद् बैठकमा भएको चर्को विवादका कारण अमेरिकी स्टक मार्केटमा ठूलो गिरावट आएको थियो। बजारको हिसाबले सन् १९३१ देखि अहिलसम्मको सबैभन्दा खराब डिसेम्बर भएको बताइएको छ।