नेपालले वान डे सिरिज खेल्ने


काठमाडौं, (नेस)
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी वर्ष शुरूवातमै अन्तर्राष्ट्रिय एकदिवसीय ९वान डे० सिरिज खेल्ने भएको छ। सम्भावित दुबईमा खेल्न सक्ने नेपालले जनवरी २५ देखि २८ तारिखसम्म वान डे सिरिज खेल्नेछ। त्यस्तै टी २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज ३१ जनवरीदेखि फेबु्रवरीसम्म हुनेछ।

त्यसो त नेपाल क्रिकेट संघ (क्यान) प्रतिबन्ध भएको हुँदा यी सिरिज खेल्न पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० बाट मान्यता प्राप्त गर्न बाँकी छ। नेपालले घरेलु प्रतियोगिता खेल्न पनि आईसीसीकै मुख ताक्नुपर्ने अवस्था छ। यसको बाबजुद खेलाडी र प्रशिक्षकको अनुरोधमा आईसीसीले यो सिरिज खेलाउन लागेको पनि बताइएको छ।

नेपालले पहिलोपटक वान डे अन्तर्राष्ट्रिय सिरिज नेदरल्यान्डस्सँग खेलेको थियो। २ खेलको सो सिरिज १–१ बराबरीमा सकिएको थियो।