टुकोनमा पदाधिकारी चयन

0
Shares

काठमाडौं, (नेस)
राष्ट्रिय प्रजातन्त्र पार्टी निकट ट्रेड युनियन महासंघ नेपाल ९टुकोन० का संयोजक हिक्मतजंग भण्डारीको अध्यक्षतामा सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले केन्द्रीय पदाधिकारीहरूको कार्य विभाजन गरेको छ।

जिम्मेवारी बाँडफाँडअनुसार उपाध्यक्षमा बालकुमार श्रेष्ठ र टोपेन्द्रबहादुर शाही, महिला उपाध्यक्षमा पान माया गुरुङ, महासचिवमा प्रकाशलाल जोशी, उपमहासचिवमा आनन्दकुमार रिसाल र सुदीप ढकाल, सचिवमा बद्रीकुमार श्रेष्ठ, प्रवक्तामा वशन्त रिमाल तथा कोषाध्यक्षमा पवित्रा थापालाई जिम्म्ेवारी दिइएको छ।

यसै गरी ३ वटा प्रदेशमा महासंघको प्रदेश संयोजकसमेत तोकिनुभएको छ। २ नंं प्रदेशका लागि युसुफ साफी ९धनुषा०, ५ नंं प्रदेशका लागि प्रेमबहादुर खत्री ९बाँके० र ७ नंं प्रदेशका लागि क्षेत्रबहादुर शाही ९कैलाली० लाई प्रदेश संयोजकको जिम्मेवारी दिइएको टुकोनका संयोजक हिक्मतजंग भण्डारीले बताउनुभयो।

सो बैठकले महिला प्रमुखमा माया प्रसाईं, युवा विभाग प्रमुखमा नवीन सुवेदी, छपाइ मजदुर संघको प्रमुखमा विनोदप्रसाद मैनाली, वित्तीय कर्मचारी संघको प्रमुखमा हीराप्रसाद कर्माचार्य, इलेक्ट्रो तथा मेकानिकल संघको प्रमुखमा मधु कुमार पन्त, गार्मेन्ट मजदुर संघको प्रमुखमा इस्रीलाल पटेल, यातायात मजदुर संघको प्रमुखमा दीपेन्द्र रेग्मी र कृषि मजदुर संघको प्रमुखमा श्री दाहाललाई जिम्मेवारी प्रदान गरेको छ।