निःशुल्क दन्त शिविर सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौंको बाँसबारीस्थित चाँदवाग स्कुलले निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ। आइकोन नेपालको संयोजकत्वमा सम्पन्न उक्त शिविरमा ४ सय जनाको दन्त परीक्षण गरिएकोे थियो।

विद्यार्थीको दोस्रो त्रैमासिक परीक्षाको नतिजा वितरणको अवसरमा सञ्चालन गरिएको कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा दन्त चिकित्सकको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै स्कुलका सह–प्रधानाध्यापक सोमराज पनेरुले विद्यार्थीको स्वास्थ्य सिकाइ प्रक्रिया जीवनको पहिलो आधार रहेको र विद्यार्थीलाई पढाइएका अतिरिक्त ज्ञान उनीहरूको स्वास्थ्यसँग सम्बन्धित रहेको उहाँले बताउनुभयो।

त्यति मात्र नभई यस्ता कार्यक्रम सञ्चालन गरी विद्यार्थीमा जनचेतना जगाउनुपर्ने बताउनुभयो। यसका साथै प्रधानाध्यापक नीरा प्रधानले पनि विद्यार्थीको स्वास्थ्यका लागि यस्ता कार्यक्रमले विद्यार्थीको स्वास्थ्यमा निकै सहयोग गर्ने जानकारी दिनुभयो।