अधिकांश विद्यार्थी दुर्घटनामा परेपछि शिक्षालय सुनसान

0
Shares

नरेन्द्र केसी, घोराही, दाङ

न्दननाथ नगरपालिका १ जुम्लाबाट दाङमा अध्ययन गर्न आएका सन्तोष आचार्य आइतबार सबेरै घोराही १७ स्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा पुग्नुभयो। तर अन्य समयजस्तो साथीहरू भेट्न होइन, साथीहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभामा सहभागी हुन उहाँ यो शिक्षालयमा पुग्नुभएको हो।

शिक्षालयको भवनअगाडि राखिएको श्रद्धाञ्जली ब्यानरमा साथीहरूको तस्वीर हेर्दै उनी टोलाइरहेका थिए। ‘पुस १५ गते जुम्लाका सबै साथीहरू भेला भएर रमाइलो गर्ने योजना थियो’ –मावि रझेनामा सर्वेक्षक पढिरहेका आचार्यले साथीहरू सम्झदै भन्नुभयो– ‘पुस १५ मा रमाउने हाम्रो योजनाको त अब के कुरा भयो र अब हाम्रा आँखामा राखेर नबिलाउने साथीहरू नै बाँकी रहेनन्।’

गत शुक्रबार राम्रीमा भएको बस दुर्घटनामा २३ जनाको ज्यान गएकोमा जुम्ला घर भएका मात्रै ११ जना विद्यार्थी परेका छन्। १२ जना घाइतेमध्ये ४ जना पनि जुम्लाकै छन्। उनीहरू जुम्लाजस्तो विकट ठाउँबाट प्राविधिक शिक्षा लिने अभिलाषासहित दाङ आएका हुन्। रझेनामा सर्वेक्षक पढिरहेका आचार्यले जुम्लामा शैक्षिक जागरण आएको औल्याउँदै सयौं विद्यार्थीले देशभरिका कलेजमा प्राविधिक शिक्षा पढिरहेको र सोही क्रममा आफूहरू दाङ आएको बताउनुभयो।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ९सीटीईभीटी० संयुक्त कर्मचारी संगठनका केन्द्रीय सहसंयोजक तेजबहादुर खत्रीले यो घटनापछि देश रोइरहेको र जुम्ला विक्षिप्त बनेको बताउनुभयो। जुम्ला घर भएका खत्रीले थप्नुभयो– ‘जुम्ला मात्र होइन, देशकै सपनामा ठेस लागेको छ तर पनि हामी कलेजमा समस्या आउन नदिने गरी अघि बढ्दैछौं।’ यो शिक्षालय स्थापनाको निर्णय हुँदा आफू पनि नीति निर्माण तहमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘कक्षा शुरू गरौं र भव्य समारोह गरेर उद्घाटन गरौंला भन्ने तयारी थियो तर बिडम्बना उद्घाटनभन्दा पहिले शोकसभामा आउनुप¥यो।’

यो शिक्षालयमा कूल ३७ जना विद्यार्थी अध्ययरत थिए। जसमध्ये ३४ विद्यार्थी अध्ययन अवलोकनका लागि कपुरकोट गएका थिए। ‘तीमध्ये सल्यान घर भएका चुडामणि ओली र बिजय डाँगी उतै झरे,’ शिक्षालयका संयोजक केशरमान बिसीले भन्नुभयो– ‘दुई शिक्षक र ३२ जना विद्यार्थी दुर्घटनामा परे।’ दुर्घटनामा परेकामध्ये २ शिक्षक र १९ विद्यार्थीको निधन भयो भने १२ जना विद्यार्थी गम्भीर घाइते छन्। सामान्य घाइते भएकी विद्यार्थी जुम्लाकी हिमाली हमाल डिस्चार्ज भइसकेकी छन्। यसरी हेर्दा ३७ विद्यार्थीमध्ये अध्ययन अवलोकनमा नगएका तीन, सल्यान झरेका दुई र सामान्य घाइते एक गरी ६ जना विद्यार्थी मात्रै सकुशल छन्।

शिक्षालयमा पढाइ शुरू भएको भर्खरै हो। दशैं विदाअघि दुई हप्ता पढाइ सञ्चालन भएको थियो भने तिहारपछि मात्रै नियमित पढाइ शुरू भएको थियो। एउटा कक्षाबाट पढाइ शुरू गरिएको र कूल ३७ जना मात्रै विद्यार्थी रहेको शिक्षालयका १९ विद्यार्थीको निधन र १२ घाइते भएपछि शिक्षालय सञ्चालन नै प्रभावित बनेको छ। यद्यपि कक्षा भने सञ्चालन हुने शिक्षालय प्रमुख यादव सुवेदीले बताउनुभयो। शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले घाइतेहरूको उपचारमा अहिले सरकारको ध्यान गइरहेको जानकारी दिंदै उनीहरूको उपचार सकिएलगत्तै कक्षा सञ्चालन गरिने बताउनुभयो।