नेपाल समाचारपत्र, बैतडी
बैतडीका १५ वटा वडा स्वास्थ्यचौकीविहीन रहेका छन्। नयाँ संरचनाअनुसार बैतडी ८४ वटा वडामा विभाजित भएपछि सबै वडामा स्वास्थ्य सेवा पु¥याउन कठिन भएको छ। साविकका ६८ वटा गाविसमा स्वास्थ्य संस्था भए पनि बाँकी १५ वटामा स्वास्थ्य संस्था नभएको जिल्ला अस्पताल बैतडीका डाक्टर जगदीशचन्द्र विष्टले जानकारी दिनुभयो। स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न समस्या भएको जनाएको छ।
नयाँ संरचनाअनुसार कुनै वडामा दुई वटा स्वास्थ्यचौकीसमेत परेका छन्। सरकारले स्वास्थ्य सेवा स्थानीय तहबाटै उपलब्ध गराउने भने पनि सरकारले प्रदान गर्ने निःशुल्क सेवासमेत उपभोग गर्न नपाएको स्थानीय बासिन्दाको गुनासो रहेको छ। नयाँ संरचनाअनुसार आफ्नो वडामा स्वास्थ्यचौकी नपर्दा वडावासीले अन्यत्रबाट स्वास्थ्य सेवा लिनुपरेको छ।
हरेक वडामा स्वास्थ्यचौकी नहँदा बैतडीका केही महिला घरमै बच्चा जन्माउनसमेत बाध्य भएका छन्।
भगौलिक विकटताका कारणले पनि स्वास्थ्य संस्थामा पुग्न नसक्ने र स्वास्थ्यचौकी पायक पर्ने ठाउँमा नहुँदा सुत्केरी महिला घरमै बच्चा जन्माउन बाध्य भएका हुन्।
जिल्लाका स्वास्थ्यचौकी नभएका बाँकी १५ वडामा पनि स्वास्थ्यचौकी स्थापनाका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग अनुरोध गरेकाले छिट्टै समस्या समाधान हुने स्वास्थ्य कार्यालय बैतडीकी प्रमुख निशा जोशीले बताउनुभयो।











प्रतिक्रिया