रसुवा, (नेस)
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ क्यान्जिन उपत्यकामा रहेको लाङटाङ विमानस्थल बगरमा परिणत भएको छ।
४० वर्षअघि निर्माण भएको विमानस्थल लामो समयसम्म पनि सञ्चालनमा नआउँदा विमानस्थल बगरमा परिणत भएको हो। नेपालको मुस्ताङमा भएको खम्पा विद्रोहपछि समयमा खाद्यान्न ढुवानीका लागि भनेर निर्माण गरिएको विमानस्थल अहिले अलपत्र परेको छ। विद्रोहपछि सीमा सुरक्षाका लागि भन्दै रसुवाको लाङटाङमा विमानस्थल निर्माण गरिएको थियो। बन्द भएको विमानस्थल सुचारु गर्न सकिएमा लाङटाङ क्षेत्रको पर्यटन अझै फस्टाउने क्यान्जिनका होटल व्यावसायी कर्मा तामाङले बताए। विमानस्थल सञ्चालनमा आएपछि दुई पटकसम्म उडान भएको तामाङको भनाइ छ। हेलिकोप्टर अवतरणका लागि क्यान्जिनमा हेलिप्याड भए पनि सुधार गर्न नसक्दा दुर्घटनाको जोखिम बढेको उाले बताए।
विमानस्थल निर्माणपश्चात यात्रु अभावको कारण देखाउँदै विमानस्थल बन्द गरिएको थियो, तर अहिले यात्रु नपाउने समस्या नरहेको होटल व्यावसायी ग्याल्बु लामाको बताए। पछिल्लो समय लाङटाङ क्षेत्रमा रहेका एक दर्जन हिमशृंखला हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटक यहाँ आउने क्रम जारी रहेको छ। भूकम्पपछि घर निर्माण तीव्र बनेसँगै यहाँ पर्यटकका लागि समेत बासस्थानको राम्रो व्यवस्था रहेकाले बन्द रहेको विमानस्थल सञ्चालन गरिनुपर्ने होटल व्यवसायी फिन्जो लामाले बताए। पछिल्लो समय लाङटाङमा पर्यटक बढ्न थालेसँगै बन्द रहेको विमानस्थल सञ्चालन गर्न स्थानीयवासीले समेत माग गरेका छन्।











प्रतिक्रिया