नेपाल समाचारपत्र, भद्रपुर
कृषि विकास बैंकबाट झिकेको रकममध्ये १ हजारको एउटा नोट नक्कली भेटिएको छ। सिद्धकाली इन्टरनेसनल विल्र्डस झापाको नाममा काटेको चेकबाट १ लाख ४४ हजारको नोटमा १ लाखको बन्डलमा एउटा १ हजारको नक्कली नोट फेला परेको हो।
कृषि विकास बैंक शाखा कार्यालय भद्रपुरबाट आइतबार बिहान साढे ११ बजे चेकमार्फत लिएको रकममध्ये एउटा नोट नक्कली परेको हो। विल्र्डसको नामको चेक कृषि विकास बैंकबाट १ हजार दरको १ सय थान र ५ सय दरका ८८ थान रकम निकालेर विल्डर्सका कर्मचारी गोविन्द राजवंशीले नेबिल बैंकमार्फत शिवम सिमेन्ट हेटांैडाको खातामा रकम जम्मा गर्न गएका थिए।
राजवंशीले जम्मा गर्ने रकममध्ये १ हजारको एक थान मेसिनको सहायताले नेबिल बैंकका कर्मचारीले नक्कली नोट फेला पारेका थिए। राजवंशीले दिएको जानकारीअनुसार ‘मेसिन करायो अनि कर्मचारीले भने यो त नक्कली नोट हो’ –उनले भने। त्यसपछि १ हजार थपेर रकम खातामा हालेको उनले सुनाए। नोट कर्मचारीले नै राखेको उनले बताए।
नक्कली नोटको विषयमा कृषि विकास बैंक शाखा कार्यालय भद्रपुरका निमित्त प्रबन्धक देवनारायण खरेल अनभिज्ञ छन्। ‘मेसिन त हाम्रो पनि छ, लेनदेनमा मेसिनकै प्रयोग गरेका हुन्छौं, कसरी यस्तो भयोरु’ –उनले भने। पहिलो एनआईसी बैंकको स्टिकर र दोस्रोमा कृषिको रहेकाले नोट कहाँबाट आयो भन्ने कुरा खोजीको विषय रहेको उनले जनाए। ‘पुरानो नोट भएर यस्तो हुन सक्ने उनको भनाइ छ। ‘नेबिल बैंकमा सरहरू जानुभएको छ, हेरौं के भएको हो रु’ –उनले भने।











प्रतिक्रिया