कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सामा फेरि जंगली हात्तीले आतंक मच्चाएको छ ।
जिल्लाको अति दुर्गम गाउँपालिका वडा नम्बर २ गैरिटोलमा जङगली हात्तीको आक्रमणमा परि फेरि एक जनाको ज्यान गएको हो ।
शुक्रबारराती चितवन राष्ट्रिय निकुन्जबाट गाउ प्रवेश गरेको एउटा हात्तीले आक्रमण गर्दा परिचय खुल्न नसकेका एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । घट्नामा मानसिक सन्तुलन ठिक नभएका अन्दाजी ६० देखि ६५ बर्षिय बृद्दको ज्यान गएको हो।बाटो छेउमै रुख मुनि सुतिरहेको अवस्था मा हातिले आक्रमण गरि मारेको प्रहरीले जनाएको छ।
राती गाउ प्रवेश गरेको उक्त ठोरी गाउँ पालिका १ का स्थानीयको ४ वटा घरसमेत भत्काएको हो । स्थानिय मोतिलाल तामाङ ,हर्कलाल तामाङ बुद्दिमान गोलेको घर भत्काएको छ भने बन बहादुर गुरुङको घर भत्काउनुको साथै २५ मुरिको धानको भकारी समेत भत्काएको छ ।
यस वर्ष मात्र पर्सामा जंगली हातिको आक्रमण मा परि छ जनाको ज्यान गएको छ जसमा ठोरी गाउँ पालिका मा मात्र जंगली हात्तिको आक्रमण मा परि ४ जनाको ज्यान गएको छ भने दुई जनाको पटेर्वा सुगौली गाउँ पालिका मा पर्ने भाठा मेला मा ज्यान गएको छ।
जंगली हात्तीले आतंक मच्चाएर मानवीय क्षति गर्दा समेत सम्बन्धित निकायले चासो नदिएको भन्दै स्थानीयहरुले आक्रोश पोखेका छन् । पर्सा राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएका बस्तीहरुमा हात्तीले सँधै जसो आतंक मच्चाउने गरेको छ ।











प्रतिक्रिया