काठमाडौं ।
काठमाडौं, दाङ, नवलपरासी (पूर्व), भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक र सिन्धुलीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २९ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका(३१ स्थित सडकमा बा ७६ प ६९०० नम्बरको मोटरसाइकल र बा ३९ प ४३९९ नम्बरको मोटरसाइकल शनिबार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका बा ७६ प ६९०० नम्बरको मोटरसाइकल चालक स्वयम्भू चौमती बस्ने २१ वर्षीय सुरज महर्जनको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएकी बा ७६ प ६९०० नम्बरको मोटरसाइकलमा सवार सोही स्थान बस्ने १९ वर्षीया रुकसाना श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ । उक्त दुवै सवारी साधन र बा ३९ प ४३९९ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङ तुल्सीपुर उपमहानगरपालिका ३ राम्रीस्थित सडकमा बा ४ ख ९७६६ नम्बरको बस शुक्रबार साँझ सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका ३ बस्ने २५ वर्षीय मदन केसी सहित ३ महिला र १८ पुरुष गरी २१ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका जुम्लाका १९ वर्षीय बीरेन्द्र कडाराको नर्सिङ होम नेपालगंज बाँकेमा र हाल नाम, थर, वतन नखुलेकी करिब २० वर्षीया महिलाको राप्ती अंचल अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य १४ जनालाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ । उक्त बस कृष्णसेन ईच्छुक पोलीटेक्निकल ईन्ष्टिच्युट घोराहीबाट फरेष्ट्रिका विद्यार्थीहरुलाई सल्यानको छाँयाक्षेत्रमा बोटनी सम्बन्धी प्राक्टिकल भ्रमण गरी फर्कने क्रममा दुर्घटना भएको हो ।
नवलपरासी ९पूर्व० बिनयीत्रिबेणी गाउँपालिका(१ अरुणखोला दुम्किबासस्थित सडकमा बा।१५ च ६९७६ नम्बरको कारमा लु।३१ प ५०७५ नम्बरको मोटरसाइकल शुक्रबार दिउसो ठोक्किदा गम्भीर घाइते भएका मोटरसाइकल चालक पाल्पा तिनाउ गाउँपालिका(२ दोभान बस्ने १८ वर्षीय आकाश गिरीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही स्थान बस्ने १९ वर्षीय सचिन घर्तीमगरको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भक्तपुर नगरपालिका(६ ठुलोब्यासीस्थित सडकमा बा ९३ प २६९२ नम्बरको स्कुटरलाई ना।७ ख १६४७ नम्बरको ट्रकले शुक्रबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार काठमाडौं सामाखुशी बस्ने काभ्रे बनेपा नगरपालिका १३ चतुरे घर भएकी २३ वर्षीया सविता तामाङको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ललितपुर महानगरपालिका(२ सानेपा हाईटमा हाल नम्बर नखुलेको कारको ठक्करबाट गम्भीर घाइते भएकी सोही स्थान डेरा गरी बस्ने दोलखा मलेङगु गाउँपालिका(६ कार्तिके घर भएकी ३० वर्षीया बिमला ठकुरीको स्टार अस्पताल सानेपामा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको छ । फरार कार र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका २ डुडे खोलास्थित सडकमा बा २० च २१४४ नम्बरको जिप सडकबाट करिब २० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा जिपमा सवार सुनकोशी गाउँपालिका १ बस्ने ३८ वर्षीया राम्री पहरीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक समेत ५ जनालाई उपचारको लागि धुलिखेल अस्पताल काभ्रे लगिएको छ ।
सिन्धुली हरिहरपुरगढी गाउँपालिका ५ बाह्रबिसेस्थित सडकमा बोटेनीबाट महेन्द्र झ्याडीतर्फ जाँदै गरेको बा १९ प ३१०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ढुंगामा ठोक्किएर शुक्रबार राति दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक सोही गाउँपालिका बोटेनी बस्ने २६ वर्षीय शुकबहादुर माझीको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार कार्य एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया