चोरीमा संलग्न रहेको आरोपमा ८ जना पक्राउ

0
Shares

काठमाडौं ।
चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका(१५ चस्मती बनस्थली बस्ने नुवाकोट बिदुर नगरपालिका(४ का १८ वर्षीय सुनम थापा समेत ३ महिला र ५ पुरुष गरी ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

चोरीको घटनामा अनुसन्धानको लागि महानगरीय प्रहरी बृत्त महाराजगंजले बिहीबार पक्राउ गरेका अनिल तामाङ समेत ४ जनालाई सोधपुछ गर्ने क्रममा चोरीमा संलग्न रहेको खुल्न आएका उनीहरूलाई टोखा नगरपालिका ९ संगमटोलबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद ९५ हजार ७ सय ५ रुपैयाँ, ब्रासलेट १ थान, मंगलसुत्र १ थान, बेरुवा औंठी १ थान, मोवाइल ८ थान, घडी ३ थान र लागूऔषध गाँजा करीब ५ सय ग्राम समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।