मरुध्वाखामा तेस्रो निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न

0
Shares

काठमाडौँ ।
काठमाडौँ सक्रिय यूवा समूह तथा नेपाल आँखा अस्पतालको आयोजनामा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । उक्त आँखा शिविर कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यसहित १ सय ४१ जनाले आँखा जाँच गराएका छन् ।
कार्यक्रम शनिबार मरुध्वाखा १९ नम्बर वडाको एक चउरमा सम्पन्न भएको हो ।

उक्त आँखा शिविर कार्यक्रममा नेपाल आँखा अस्पतालका डा. इन्दु प्रसाद ढुंगेलसहितको टोलीले आँखा जाँच गरेको हो ।
काठमाडौँ यूवा समूहका अध्यक्ष विजय रत्न खड्गेका अनुसार उक्त यूवा समूहले स्थापनाकाल देखिनै विभिन्न अवसर पारि निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम गर्दै आएको छ ।

काठमाडौँ यूवा समूहको यो तेस्रो निःशुल्क आँखा शिविर हो । यस समूहको पहिलो आँखा शिविर २०७२ मंसिर २६ गते भएको थियो भने दोस्रो आँखा शिविर २०७४ माघ २७ गते भएको थियो ।

उक्त कार्यक्रममा निःशुल्क आँखा शिविर तथा औषधि वितरणसहित मोतिया विन्दु भएका बिरामीहरुको निःशुल्क शल्यक्रिया गर्ने कार्यक्रम रहेको थियो । जसमा आज ३ जनालाई मोतिया बिन्दु देखिएकाले उनीहरुको निःशुल्क शल्यक्रिया गरिने भएको छ ।