बालिकालाई जबरजस्ती करणी गर्ने २ युवा पक्राउ

0
Shares

नेपाल समाचारपत्र, लमजुङ ।
नुवाकोट घर भएका दुई युवा बजरजस्ती करणी अभियोगमा लमजुङमा पक्राउ परेका छन् । लमजुङको दोर्दी गाउँपालिका– ३ की १३ बर्षकी बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका– ६ बस्ने १९ वर्षीय विशाल तामाङ र सोही वडाका १९ वर्षकै राजकुमार तामाङ भएको जिल्ला प्रहरी कर्यालय लमजुङले जनाएको छ ।

साँझको समयमा घरदेखि पैदल १० मिनेटको दुरीमा रहेको दोर्दी गाउँपालिका– ३ मालागिरी स्थित किसिदी खोलामा लुगा धुन गएको समयमा किशोरी बलात्कृत भएको पीडित परिवारको भनाई उद्धृत गर्दै प्रहरीले पुष्टि गरेको छ । घट्ना पछि फरार रही लुकीछिपी रहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूको खोजतलास सोही वडामा लुकिछिपि हिडेको अबस्थामा फेला पारी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी नयाव उपरीक्षक यादव ढकालले बताउनु भयो । उहाँका अनुसार उनीहरुका विरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्धा चलाउन जिल्ला अदालतबाट १० दिनको म्याद जारी गरी थप अनुसन्धान कार्य गरिएको छ ।