विमल बिष्ट, डोटी ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा पछिल्लो समय जमिनको भित्री भागबाट पानी निकाल्ने लिप्ट सिस्टम (डिप बोरीङ) प्रविधि फस्टाउदै गएको छ । समुन्द्री सतहबाट २ हजार उचाईसम्म रहेका भौगोलिक रुपमा विकट मानिने यहाँका अधिकांश अग्ला अग्ला डाडाँहरुबाट डिप बोरीङ मेसिन प्रयोग गरी पानी निकाल्ने प्रविधि सफल संगै यो प्रविधि दिनानु दिन बढ्दो क्रममा रहेको दिपायलका स्थानियबासी डम्बरबहादुर भण्डारीले बताउनु भयो । उहाँले भन्नु भयो ‘अग्ला तथा चट्टान भएका डाँडामा पनि पानी निकाल्न सकिने रहेछ,यो प्रबिधि राम्रो भएकाले सबै ठाउमा पानी निकाल्न लागि रहेका छन् ।’
सुदूरपश्चिम प्रदेशका नौ वडा जिल्ला मध्ये सबैभन्दा बढी डोटी जिल्लामा यो प्रविधिको प्रयोग बढी हुन थालेको स्थानियबासीहरु बताउछन् । यसै क्रममा डोटीको दिपायल सिलगढी नगरपालिकाले केही समय अगाडी वडा नम्बर ५ घोल्तडा र वडा नम्बर ४ पिपल्ला बजारमा पानी निकालेको थियो ।
त्यस्तै नगरपालिकाले वडा नम्बर १ सिरखोली सैनमा पनि पानी निकाल्ने तयारी गरिरहेको दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मञ्जु मलासिले जानकारी दिनु भयो । त्यस्तै डोटीको शिखर नगरपालिकाले आफनो कार्यालय रहेको स्थानमा पानी निकाल्ने कार्य सफल भएको शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताउनु भयो । उहाँले भन्नु भयो ‘नगरपालिकाको कार्यालय रहेको ठाउमा पानीको अभाब थियो, हामीले लिप्ट प्रविधि प्रयोग ग¥यौ र अहिले प्रसस्त मात्रामा पानी छ ।’
लिप्ट प्रविधि मार्फत डोटीकै बडीकेदार गाउँपालिकाले पनि गाउँपालिकाको कार्यालय रहेको स्थान वडा नम्बर २ खड्यौलीमा पानी निकाल्ने कार्यको सुरुवात गरेको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक पाण्डेले बताउनु भयो । अधिकृत पाण्डेका अनुसार समुन्द्री सतह देखी १९ सय मिटर उचाईमा रहेको खड्यौली क्षेत्रमा अबको केही दिनमा पानी आउने जानकारी दिनु भयो । करिब ५० लाख बराबरको लगानिमा सुरु भएको पानी निकाल्ने प्रविधि १ सय ६० एम एमको पाईपको प्रयोगबाट १ सेकेन्डमा ३ लिटर पानी आउने गरेको पानी निकाल्ने क्षेत्रमा काम गर्ने प्राबिधिकहरु बताउछन् ।
डिप बोरीङ सिस्टम बाट पानी निकाल्न थालेपछि पानीको लागि घण्टौ टाढा धाउने यहाँका स्थानियहरु निकै खुसि हुन थालेका छन् । पानीका मुहान नभएका अग्ला अग्ला डाडाँहरुमा बस्ती भएका क्षेत्रको लागि यो प्रविधि अत्यन्त उपयोगी भएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त अेझाले बताउनु भयो ।
उहाँले भन्नु भयो ‘खर्चिलो भएपनि यो सिस्टम राम्रो छ,जनताले घर नजिकै पानी पाउने भएका छन् ।’ सुदूरपश्चिम प्रदेशको जिल्ला अछाम जिल्लाबाट पहिलो पटक सुरुवात गरिएको यो प्रविधि हाल यहाँका पहाडी जिल्लाहरु डडेल्धुरा, बाजुरा, बझाङ, बैतडी र डोटी जिल्लाहरुमा पानी निकाल्ने काम भईरहेको छ ।











प्रतिक्रिया