सुरक्षित गर्भपतन सम्बन्धि दोहोरी गित प्रतियोगिता

0
Shares

विमल बिष्ट, डोटी ।
सुरक्षित गर्भपतन सम्बन्धि जानकारी दिनका लागि डोटीमा लोक तथा दोहरी गित प्रतियोगिता गरिएको छ । शिखर नगरपालिका वडा नं. १ कपल्लेकीको केदारेश्वर माध्यामिक बिद्यालयमा सुरक्षित गर्भपतन सम्बन्धी जानकारी दिने उदेश्यका साथ उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

डोटी जिल्लामा सुरक्षित गर्भपतन सम्बन्धि महिलामा जनचेतना नहुँदा स्वास्थ्यमा समस्या आउने गरेको कारण बिद्यार्थि मार्फत मनोरञ्जनका कार्यक्रम लिएर चेतना पैmलाउने उदेश्यका साथ कार्यक्रम गरिएको सामुदायिक बिकास मञ्च डोटी द्धारा संचालित सुरक्षित गर्भपतन सेवा कार्यक्रमका संयोजक दिपा सिंहले जानकारी दिनुभयो । ‘बिद्यार्थि मार्फत जनचेतना छिटो र धेरै संख्यामा फैलाउन सकिन्छ, उहाँले भन्नु भयो ‘ बिद्यार्थी मार्फत अबिभावकलाई सम्झाउँनु जरुरी भएको छ ।’

डोटी जिल्लामा जिल्ला अस्पताल सहित १९ स्थानमा सुरक्षित गर्भपतन सेवा प्रदान भैरहेको छ । बिगतको तुलनामा सुरक्षित गर्भपतन गर्नेको संख्यामा बृद्धी भएको स्वास्थ्यको तथ्यांकले देखाएकोे छ । बिद्यालय स्तरिय प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहेको थियो ।

अन्तर बिद्यालय स्तरिय प्रतियोगितामा सुरक्षित गर्भपतनलाई मूख्य बिषय बस्तु बनाएर दोहरी प्रतियोगिता गरिएको थियो । संस्थाले कपल्लेकीको ऐरी गाउँमा सुरक्षित गर्भपतन सेवा सम्बन्धि सडक नाटक प्रस्तुत गरिएको थियो । जिल्लाका बिभिन्न स्थानगरी १९ ठाउँमा सुरक्षित गर्भपतन गर्ने स्थान भएपनी असुरक्षित रुपमा हानिकारक औषधी सेवन गर्नेको महिलाको संख्या ठुलो रहेका कारण जनचेतना फैलाउन आबश्यक रहेको कार्यक्रम संयोजक दिपा सिंहले जानकारी दिनु भयो ।

फोटो क्याप्सन ः सुरक्षित गर्भपतन सम्बन्धि दोहरी गित गाउदै कपल्लेकीका बिद्यार्थीहरु । तस्विर ः विमल बिष्ट डोटी