मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर विष्टले झोलुङ्गे पुल क्षेत्रमा सरसफाई गरेका छन् । समुदाय प्रहरी साझेदारी अन्र्तगत भीमदत्त नगर स्तरीय पालिका समितिको अगुवाईमा शनिबार झोलुङ्गे पुल क्षेत्रमा गरिएको सरसफाई कार्यक्रमा मेयर विष्टले पुल क्षेत्रमा सरसफाई गरेका छन् ।
सरसफाई कार्यक्रममा भीमदत्तका मेयर विष्ट सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायत, वडा प्रहरी कार्यालयका इन्चार्ज सूर्य बहादुर थापा, ट्राफिक इन्चार्ज भरत बहादुर शाह, भीनपा वडा नं. १३ का वडा सदस्य शंकर उपाध्यय, गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष नरेश सिलाल लगायत अधिकारकर्मी, स्थानीय सहभागी भएका छन् ।
सरसफाई कार्यक्रममा बेदकोट नगरपालिका वडा नं. १० का वडा अध्यक्ष केशव रावल पनि सहभागी भएका छन् । अध्यक्ष रावल झोलुङ्गे हेर्न आएका हुन् । यसैगरी माछापुच्छ«े बैक महेन्द्रनगर शाखाका प्रमुख विकास बिक्रम शाह लगायतका कर्मचारीहरु सरसफाई सहभागी भएका छन् ।
मेयर विष्ट सहितले पुल आशपासको क्षेत्रममा कुचो लगाएर सफा गरेका छन् । भीमदत्तका मेयर विष्टले सफा, स्वस्थ र हरित भीमदत्त नगर बनाउने क्लिन सिटी ग्रिन सिटी नारा अनुसार हरेक शनिबार बृहत जनचेतना मुलक सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ । झोलुङ्गे पुल पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै गएकाले यस क्षेत्रमा सरसफाई लगायत पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए ।
भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षमा पुल क्षेत्रमा पिकनिक स्पट र उद्यान बनाउन बजेट विनियोजन गरेको छ । गत वर्ष गुरु योजना बनाएको थियो । गुरु योजना अनुसार यस वर्ष पिकनिक स्पट सहितका संरचना निर्माण सुरु गरिन लागेको हो ।
मेयर विष्टले फोहर उत्पादन गरेर मात्रै नभई व्यवस्थापनमा पनि सबैले नागरिकले सहयोग गर्नु पर्नेमा जोड दिए । सरसफाई अभियानमा सहभागी बेदकोट नगरपालिका वडा नंं. १० का वडा अध्यक्ष केशव रावलले पुल घुम्न आउँदा सरसफाईमा सहभागी हुने मौका पाएको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज भरत बहादुर शाहले सरसफाई अभियानले स्थानीयमा सरसफाई सम्बन्धी जनचेतना फैलिने बताए ।
सरसफाई अभियानमा सहभागी भएका माछापुछ«े बैकका शाखा प्रबन्धक शाहले सरसफाई सफा सहर बनाउने सबै नागरिकको दायित्व भएको उल्लेख गर्दै बंैकले हरेक शनिबार सरसफाईमा सहभागी हुने बताए ।
कञ्चनपुर सदरमकाम महेन्द्रनगरसित दोधारा चाँदनीलाई जोड्न महाकाली नदीमा झोलुङ्ग पुल निर्माण गरिएको हो । पुल क्षेत्रमा व्यवसाय गर्दै आएको राम बहादुर बोहराले भीमदत्तका नगर प्रमुख सहित सुरक्षा अधिकारी आएर सरसफाई कार्यक्रम गर्न सबैको लागि खुसीको कुरा भएको बताए ।











प्रतिक्रिया