कांग्रेसमा सहमहामन्त्री सात बनाउने गरी कुरा मिल्दै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली कांग्रेसले विधानमा सात सहमहामन्त्री राख्ने गरी सहमति हुने भएको छ । शिर्ष नेताबीच भएको यस सहमतिलाई केन्द्रिय समितिले अनुमोदन गरेपछि मात्र महासमितिमा यो प्रस्ताव पेस हुनेछ ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच शुक्रबार भएको सहमतिअनुसार कोषाध्यक्षबाहेक सबै अधिवेशनबाट निर्वाचित भएर आउनुपर्ने सहमति भएको हो। सात सहमहामन्त्री समावेसीको आधारमा महाधिवेशनले निर्वाचित हुने छन् ।

एक सातादेखि राजधानीमा कांग्रेस महासमिति बैठक बसेपनि पदाधिकारी संख्या मनोनित राख्ने कि निर्वाचित भन्नेमा नेताहरुबीच बिवाद थियो।

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेताहरुबीच नयाँ सहमति भएको बताए। अब कांग्रेस केन्द्रीय पदाधिकारी संख्या १३ पुगेको छ। यसअघि नेताहरुबीच आठ सदस्यीय पदाधिकारी राख्ने सहमति भए पनि उक्त सहमतिलाई केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको थिएन।

खाना खाने समयमा केन्द्रीय कार्यसमिति बैठक राखेर उक्त सहमति पारित गरेपछि विधान छपाउन पठाइने कांग्रेसले जनाएको छ।