अमेरिकी रक्षामन्त्री म्याटिसद्वारा राजीनामा


काठमाडौँ ।
अमेरिकी रक्षामन्त्री जिम म्याटिसले राजीनामा दिएका छन् । म्याटिसले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा पत्र बुझाएका हुन् ।

ट्रम्पले सिरियाबाट २००० अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेपछि त्यसमा असन्तुष्टि जनाउँदै म्याटिसले राजीनामाको घोषणा गरेका हुन् ।

म्याटिसले राजीनामामा राष्ट्रपतिलाई भनेका छन्, ‘‘तपाईंको विचारसँग मिल्ने रक्षामन्त्री चयन गर्ने अधिकार तपाईंलाई छ र मलाईपनि आफ्नो पद छोड्ने अधिकार छ ।’’

ट्रम्पले ट्विट गर्दै म्याटिसले आगामी फेब्रुअरीको अन्त्यमा अवकाश पाउने जनाएका थिए । चाँडै नयाँ रक्षा मन्त्री चयन गरिने समेत उनले उल्लेख गरेका छन् ।