प्रभु लाइफको श्रीवृद्धि जीवन बीमा योजना सार्वजनिक

0
Shares

काठमाडौं, (नेस)
प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो नयाँ जीवन बीमा योजना ‘श्री वृद्धि जीवन बीमा योजना’ सार्वजनिक गरेको छ। कम्पनीका अध्यक्ष डा। आत्माराम घिमिरेले उक्त जीवन बीमा योजना सार्वजनिक गर्नु भएको हो।

कार्यक्रयमा डा।घिमिरेले प्रभु लाइफले उत्कृष्ट जीवन बीमा योजनाहरु ल्याउँदै जाने बताउनुभयो।
कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेलगायत कम्पनीका व्यवस्थापन समूहका सदस्यलगायतको उपस्थिति रहेको थियो
यसयोजनाअन्तर्गत बीमा रकममा प्रत्येक वर्ष ५ प्रतिशतका दरले वृद्धि हुँदै जानेछ। तर, बीमा शुल्क ९प्रिमियम० भने जीवन बीमा अवधि भरि नै एकैनास हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यदी १० लाख रुपियाँबराबरको २० वर्षे जीवन बीमा गर्दा पहिलो वर्ष नै १० लाखको ५० रुपियाँले वृद्धि हुन्छ। अनि २० वर्षमा बीमा रकम २० लाखको हुनेछ र बोनस सहित बीमितले बीमांकको करिब ३ गुणा रकम एकमुष्ट फिर्ता पाउनेछन्। टाइम भ्यालु अफ मनिको अवधारणालाई पूरा गर्ने उद्देश्यले यस जीवन बीमा योजना ल्याएको कम्पनीले जनाएको छ।

दुई अर्ब चुक्ता पुँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन्। कम्पनीले केही समयभित्रै ६० करोड रुपियाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ।