ओरालो लाग्नबाट रोकियो शेयर बजार

0
Shares

नेपाल समाचारपत्र. काठमाडौं
पुँजी बजारको सुधारका निम्ति अर्थ मन्त्रालयद्वारा गठित कार्यदलले प्रतिवेदन बुझाउनुका साथै ब्याजदर नियन्त्रणमा नेपाल राष्ट्र बैंकले अग्रसरता लिएपछि पुँजी बजारका लगानीकर्तामा केही आशाको सञ्चार भएको छ।

लगानीकर्ता आशावादी हुँदा साताको अन्तिम कारोबार दिन बिहीबार पुँजी बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ३ दशमलव २८ अंकले बढेर १ हजार १ सय ६५ दशमलव ९७ अंक कायम भएको नेप्सेले जनाएको छ।

बिहीबार कुल १ सय ६३ कम्पनीको १२ लाख ५ हजार कित्ता शेयर ४ हजार ८ सय ४८ पटक किचबेच हुँदा ४० करोड ११ लाख रुपियाँ बराबरको कारोबार भएको छ। यस दिन सबैभन्दा धेरै एनएमबी बैंकको ५ करोड ६७ लाख रुपियाँ बराबरको कारोबार भएको छ। सबैभन्दा धेरै कमाउनेमा सांग्रिला डेभलपमेन्टका लगानीकर्ताले प्रतिकित्ता ७ दशमदव ७५ प्रतिशतले कमाएका छन् । त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा ललितपुर फाइनान्स लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ६ दशमलव ६६ प्रतिशतले गुमाएका छन्। यस दिन सबैभन्दा बढी निर्जीवन बीमा समूह ३ दशमलव ४९ अंकले बढेको छ। त्यस्तै होटल समूहमा भने २८ दशमलव ९३ अंकको गिरावट देखिएको छ।
आज ‘क’ वर्गका कम्पनीहरुमो कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शुन्य दशमलव ७४ अंकले बढेर २ सय ४८ दशमलव शून्य ७ अंक कायम भएको छ। आजको कारोबारमा बैकिङ, विकास बैंक, जलविद्युत् र निर्जीवन बीमा, लघुवित्त र जीवन बीमा समूहबाहेक अन्य सबै समूहको उपसुचक भने घटेको छ।