रेनो एक्सचेन्ज क्याम्प

0
Shares

काठमाडौ, (नेस)
नेपालका लागि रेनोको आधिकारिक बितरक, एड्भान्स अटोमोबाइल प्रालिले रेनो कार प्रेमीका लागि पुस ५ गतेदेखि पुुस ८ गतेसम्म रेनो शोरुम थापाथली र नक्साल तथा भक्तपुरमा रेनो एक्सचेन्ज क्याम्प आरम्भ गरेको छ। ‘पुरानो छोडँैं, नयाँ गुडाऔं’ भन्ने ट्यागलाइनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन्।

रेनोको क्विड, डस्टर र क्याप्चर मोडलमा एक्सचेन्ज उपलब्ध रहेको छ। अभियानले ग्राहकलाई तुरुन्त मूल्यांकन र एक्सचेन्ज, २ वर्षसम्मको लागि फ्रि सर्भिसिङ, निःशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्रि, इजी फाइनान्स सुविधा लगायत सेवा उपलब्ध गराएको छ। ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभ गरे बापत आकर्षक उपहार जित्नेछन्। रेनो एक्सचेन्जले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्नेछ।