सहायक वन अधिकृत घूस रकमसहित पक्राउ

0
Shares

म्याग्दी, (नेस)
म्याग्दीका सहायक जिल्ला वन अधिकृत घूस रकमसहित बिहीबार पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले ३४ हजार घूससहित डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुरलाई पक्राउ गरेको जनाएको छ।

डिभिजन वन कार्यालय म्याग्दीमा कार्यरत सहायक वन अधिकृत ठाकुर सेवाग्राहीबाट नगद ३४ हजार रुपियाँ घूस लिँदै गर्दा बेनीमा र·ेहात पक्राउ परेका हुन्। अख्तियारको टोलीले आवश्यक कारबाहीका लागि बिहीबार नै अधिकृत ठाकुरलाई पोखरा लगेको छ।

म्याग्दीको बेनी नगरपालिका–७, बेनीबजारस्थित डिभिजन वन कार्यालयमा रहेको आवासगृहको पूजा कोठामा काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै उनले सेवाग्राहीबाट घूस रकम लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले जानकारी दिएको छ।