‘न्याय माग्दा प्रहरीबाटै दुव्र्यवहार’

0
Shares

हिक्मत नेपाली, दैलेख
गत जेठ २३ गते सल्यान जिल्लाको शारदा नगरपालिका–५ सिराचौर जंगलमा मृत फेला परेका प्रहरी हवल्दार रमेशकुमार थापाको परिवारले न्याय नपाएको गुनासो गरेका छन्।
जेठ २० गते ड्युटी सकेर ससुरालीतर्फ हिँडेका प्रहरी हवल्दार थापा तीन दिनपछि मृत फेला परेका थिए। इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा कार्यरत प्रहरी हवल्दार थापाको मृत्यु नभएर हत्या भएको र दोषीलाई प्रहरीले नै संरक्षण गरेको पीडित परिवारले आरोप लगाएको छ।

मृतकका बुबा भूपालबहादुर थापाले बिहीबार दैलेखमा पत्रकार सम्मेलन गरेर आफ्नो छोराको मृत्यु नभएर हत्या गरिएको र दोषीलाई पक्राउ गरी कानुनी कारबाही हुनुपर्ने माग गर्नुभयो। घटनाको सत्थतथ्य छानविन गरेर दोषीमाथि कारबाही गर्नुको साटो प्रहरीले उल्टै घटनालाई तोडमोड गरेको उहाँको आरोप छ। उहाँले न्याय माग्न जाँदा उल्टै प्रहरीबाटै दुव्र्यवहार सहनुपरेको बताउनुभयो। मृतक प्रहरी हवल्दारका श्रीमती यशोधरा रावल श्रीमानसँगै इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा कार्यरत थिइन्।

‘छोरा मरेको खबर न त बुहारी दिइन्, न त जिप्रका सल्यानले दियो’, मृतकका बुबा थापाले भन्नुभयो– ‘आफ्नो छोरा मरेको खबर दैलेख जिल्लाका सल्यानमा कार्यरत कर्मचारीहरूले दिए।’ ‘छोराको लास भेटिएको खबर पाएपछि दैलेखबाट मेरो भाइ छोरा लास लिन सल्यान पुगे, त्यसपछि जिल्ला प्रहरी कार्यालय सल्यानको अनुसन्धान टोलीले प्रकृति मुचुल्का उठायो, लासको प्रकृति हेर्दा घटना घटेको नभई घटाइएको देखिन्छ।’ –मृतकका बुबा थापाले भन्नुभयो।

मृतक छोराको शरीरभरि घाउ, चोट तथा निलडाम मात्रै रहेको उहाँको भनाइ छ। गत जेठ २४ गते बिहान लासको प्रकृति मुचुल्का सकेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो। सोही दिन ३ बजे छोरोको लास दैलेख पु¥याइएको उहाँले बताउनुभयो। उहाँका अनुसार २५ गते जिल्ला प्रहरी कार्यालय दैलेखको प्रहरी टोलीको सलामीसहित धर्मकर्मको आधारमा प्रहरी हवल्दार थापाको सतगत गरिएको थियो। ‘श्रीमान्को मृत्युको खबर सुनेर बुहारी घटनास्थलसम्म पुगिनन्।’ –मृतकका बुवा थापाले भन्नुभयो। बुहारी एक्कासि जिल्ला अस्पताल सल्यानमा देखापरेको उहाँको भनाइ छ। छोराको मृत्युले पूरै परिवार शोक डुबेका बेला आफ्नै श्रीमान्को मृत्यु हुँदा बुहारीले एक थोपा आँसु नझारेको थापाले बताउनुभयो।