ओबामा सान्टा क्लज


वासिंगटन, (एजेन्सी)
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा वासिंगटनस्थित नेसनल चिल्ड्रेन हस्पिटलमा बच्चाहरुका बीच सान्टा क्लजका रूपमा पुगेका छन्। रातो टोपी र काँधमा उपहारले भरेको झोला भुण्ड्याउँदै आएका ओबामालाई देखेपछि अस्पताल प्रशासनले ताली बजाएर स्वागत गरेको थियो। अस्पतालमा ओबामाले बच्चालाई उपहार बाँढे र उनीहरुसँग समय बिताए। ओबामाले ट्विटरमा एक भिडियो पोस्ट गरी अस्पतालका कर्मचारीहरुलाई धन्यवाद दिए। उनले लेखे– ‘मैले धेरै नै प्यारो बच्चा र उनका परिवारसँग भेट्ने अवसर पाएँ। दुई छोरीका पिता हुनुको नाताले बच्चाहरुको राम्रो रेखदेख गर्नेहरु सँधंै एकजुट हुनु सबैभन्दा जरुरी छ।