भटमास खरिद


बेइजिङ, (एजेन्सी)
चीनको सरकारी कम्पनीले अमेरिकी भटमास फेरि खरिद गर्न थालेकोे छ। यसै महिना अमेरिकासँग ९० दिने व्यापारिक युद्धविराम भएपछि चीनले पहिलोपटक अमेरिकी भटमास खरिद गर्न थालेको चिनियाँ सरकारी समाचार निकाय सिन्≈वाले जनाएको छ। व्यापार विवाद सुल्झाउने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच १ डिसेम्बरमा भएको सम्झौतापछि द्विपक्षीय सम्बन्धमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले यो कदम उठाइएको विश्लेषकहरुले जनाएका छन्। ट्रम्प र सिले ब्युनस आयर्समा सम्पन्न जी–२० शिखर बैठकमा उक्त सम्झौता गरेका थिए।