सीमामा बार


नयाँदिल्ली, (एजेन्सी)
भारत सरकारले लोकसभालाई भारत–बंगलादेश सीमामा सन् २०१९ मार्च र भारत–पाकिस्तान सीमामा सन् २०२० मार्च सम्ममा बार लगाउने काम पुरा हुने सम्भावना रहेको जानकारी दिएको छ। सदनमा अभिजित मुखर्जीको प्रश्नको लिखित जवाफमा गृह राज्यमन्त्री किरेन रिजिजुले उक्त जानकारी दिएको हो। ४ हजार ९६ किलोमिटर ७ सय मिटर लामो भारत–बंगलादेश सीमामा २ हजार ७ सय ८६ किलोमिटरसम्म बार लगाउने काम पुरा भइसकेको उनले बताए। २ हजार २ सय ९० किलोमिटर भारत–पाकिस्तान सीमामा २ हजार ६९ किलोमिटर बार लगाइसकेको उनले बताए।